nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

होलीको आगमनसँगै मिथिलाञ्चलको गाउँ–गाउँमा सुरु भयो जोगिरा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ५, २०७७, ८:५१ मध्यान्ह
होलीको आगमनसँगै मिथिलाञ्चलको गाउँ–गाउँमा सुरु भयो जोगिरा

जलेश्वर। उमेरले ५५ कटिसकेको भए पनि अचेल साँझ पर्नेबित्तिकै जलेश्वर नगरपालिका–८ बजराहीगाउँ बस्ने अरुण पाण्डे हातमा डम्फु र झ्याली समातेर गाउँको चोकमा पुग्ने गर्छन् । उनीसँगै स्थानीय ५० वर्षीय रामदेव महरा, ४५ वर्षीय पवित्तर साह र अन्य कैयौँ व्यक्ति आ–आफ्ना घरबाट निस्केर आउछन् र चोकमा जम्मा हुने गर्छन् ।

केही दिनयतादेखि उनीहरुको यो दैनिकीजस्तै भएको छ । उनीहरु साँझ पर्नासाथै गाउँको चोकमा कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि भने जम्मा हुने गरेका होइन । बरु आपसी भाइचारा, प्रेम सद्भाव, सुखदुःख साटासाट गर्न र परम्परादेखि चल्दै आइरहेको जोगिराको संरक्षण र प्रवर्द्धनका लागि हिजोआज दैनिकरूपमा यसरी जमघट गरेका हुन् ।

उनीहरु साँझको त्यस्तै ७ बजेतिर यसरी जम्मा भएपछि सुरु हुन्छ जोगिरा गान । जब सँझ शान्त र सुनसान बन्दै जान्छ अनि उनीहरुको स्वर र सङ्गीतले टोलबासीलाई नै मुग्ध बनाउने गर्दछ । गाउँघरमा प्रायः साँझको ७ बजेपछि बेलुकाको खाना खाइसक्ने गरिन्छ । अनि त्यसपछि सुरु भएको जोगिरा (होलीका गीत)ले गाउँलेलाई आनन्द पनि दिने गर्दछ भने कतिपय जोगिराको डम्फु बज्न थालेपछि चोकमा नै आइपुग्दछन् । यसरी साँझको शान्त समयमा एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा जोसुकैलाई पनि आनन्द दिन्छ । जोगिरा गीत र यसको धुनले सबै गाउँले खुशी हुने गर्दछन् ।

हात–हातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजाहरु लिएर विभिन्न धुन र सङ्गीत सृजना गर्दै उनीहरुले शुरु गर्ने जोगिरा रातको कम्तीमा पनि ११÷१२ बजेसम्म निरन्तर रुपमा चलिरहन्छ । रात ढल्किदै जाँदा गाउँ टोल थप सुनसान हुन पुग्छ अनि गीतको स्वर र बाजा थप चर्को सुनिन थाल्छ । तर पनि गाउँलेलाई झर्को लाग्दैन, बाजाको चर्को आवाजले सुत्न नपाएको भनेर रिस उठ्दैन । बरु केहीले घरबाटै सुन्ने गर्दछन् भने अधिकांश चोकमा जम्मा भएर गायनमै सहभागी हुने गर्दछन् ।

विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र मानिसलाई हँसाउने तथा जिस्क्याउने तीतामिठा वाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेहरुको भीड लाग्ने गर्दछ । त्यस्तै जोगिराको क्रममा हुने नाचगानमा समेत ठूलो सङ्ख्यामा सहभागी हुने गरेकोे होलैया (जोगिरा गाउने) रामबाबु चौधरीले बताए । जलेश्वरको वडा नं ८ को जोगिरा टोली निकै चर्चित र नाम चलेको भए पनि जलेश्वरकै वडा नं ७ मा पनि बर्सेनि जोगिराले धुम मच्चाउने गर्दछ ।

वडा नं ७ का वडाध्यक्ष रामछविला यादव स्वयं पनि होलैया भएको कारण अहिले त्यस वडामा पनि होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवाहरु देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएका छन् । उनीहरु अहिलेदेखि नै जोगिरामा लागिसकेका छन् । यसका कारण जोगिराको धुन गाउँ–टोलमा प्रायः रातभर नै घन्किने गरेको छ ।

खुशी र उमङ्गको पर्व होलीलाई निम्ता दिँदा विगत तीन दिनदेखि वडा नं ७ मा ५० बढी युवा, बयस्क तथा वृद्धसमेत संयुक्त टोलीले जोगिरा गाएर पूरै वडालाई नै सङ्गीतमय बनाएको स्थानीय शङ्कर कापरले बताए । यस वडामा अहिले साँझ पर्नेबित्तिकै होलैयाहरु आएर जोगिरा सुरु गर्ने प्रतिक्षामा घरघरमा महिला, पुरुष तथा बालबालिका र वृद्धवृद्धासमेत बसिरहेका हुन्छन् ।

सम्पूर्ण मिथिलाञ्चलवासीलाई मन पर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका–७ बनौलीगाउँमा पनि निकै धुमधामका साथ गाइने तथा सुन्ने गरिएको सञ्चारकर्मी एवं होलैयासमेत रहेका स्थानीयवासी वैद्यनाथ चौधरीले बताए । उनले सो गाउँमा पनि परम्पराकालदेखि जोगिरा गाउने प्रचलन रहेको र जोगिरा गाउनका लागि कुनै पनि उमेर समूहले बाधा नपारेको बताए । सो गाउँमा एउटै मञ्चमा विभिन्न उमेर समूहका व्यक्ति बसेर जोगिरा गाउने, हाँस्ने, हँसाउने, कथा, कहानी र जीवनका अनुभव साटासाट गर्दै देवी–देवताप्रति भक्तिभाव, ठूलालाई आदर सत्कार र सानालाई स्नेह बाँड्ने काम हुने गरेको बताए ।

कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको सो गाउँमा विगत तीन-चार दिनदेखि रातिको बेला होलैयाहरुको भीड मेलाजस्तै लाग्ने तथा उनीहरुले गाउने गीतले गाउँ नै गुञ्जयमान हुने गरेको छ । होलीपर्वको अवसरमा मिथिला क्षेत्रमा गाइने जोगिराका यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् भने प्रत्येक वर्षझैँ यस वर्ष पनि होलीपर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँगाउँमा जोगिरा गीत गाउन सुरु भएको छ ।

महोत्तरी जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँ टोलमा चैत १ गतेदेखि नै रातिको समयमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलयायतका बाजागाजाका साथ जोगिरा गाउन शुरु भएको हो । “मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।” “किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली । मिथिलामे” “सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली । हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे ।” “रङ बरसे भिगे चुनरबाली रङ बरसे, हो रङबरसे भिगे चुनरवाली रङबरसे ।” प्रायः यिनै शब्दमा गुञ्जिन्छन् हिजोआज यहाँ जोगिरा गीतहरु ।

यस्तै सयौँ गीत, चुटकिला, हाँसो ठट्टा र दुःख बिर्साएर खुशी साटासाट गर्ने महापर्वको होली आगमनको प्रतिक्षामा अहिले महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, वारा र भारतका मधुबनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा शुरु भएको हो । जोगिराको धुन र लयले गाउँगाउँलाई सङ्गीतमय पारेका बेला जोगिरा गाउनकै लागि अहिले रातिको बेला युवा तथा वयोवृद्धलाई घरघरबाट तानेर ल्याएर राति अबेरसम्म जाग्राम गराउने तथा जोगिरा गाउन लगाउने गरिएकोे जलेश्वर–२ का दिलीप साहले बताए।

उहाँले होलैयाहरुले जोगिराले एकापसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरु रातिको बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताए । पन्ध्र दिनअघिदेखि नै शुरु हुने जोगिरा गायन मिथिलाञ्चलको प्रत्येक गाउँगाउँमा सुरु भइसकेको छ भने यस जोगिरा गायन होलीको दिनको अघिल्लो रातिसम्म गाउने गरिएको छ ।

पछिल्लो समयमा भने भोजपुरी भड्किलो गीत, खुला मदिरा व्यापार र चर्को आवाजमा बजाइने डिजेबाजाको प्रभावले जोगिरालाई कतैकतै खलल् पार्ने कामसमेत हुने गरेको रामगोपालपुर नगरपालिका–७ का होलैया प्रमोद मण्डलले बताउ। उनले स्थानीयहरुले एकजुट भएर एकै लय र स्वरमा आफ्नो भाषा, सङ्गीत र आफ्नो शब्दमा गाइने जोगिराले परम्परा झल्काउने, सद्भाव बढाउने र जोगिरासमेतलाई संरक्षण गर्न ठूलो मद्दत मिलेका बेला भोजपुरी आधुनिक नामका भड्किलो गीत, डिजेबाजाको चर्को आवाज र मदिरा सेवनकर्ताले होहल्ला गरेर जोगिरा भाँड्ने प्रयास गर्दा नरमाइलो हुने गरेको गुनासो गरे ।

परापूर्वकालदेखि चलिआएको जोगिरा गायनको संस्कृतिले सुरक्षा र संरक्षण पाउनुपर्ने भन्दै जलेश्वर नगरपालिका–११ का जोगिरा रविशङ्कर बिच्छाले जोगिरा गाउने बेलामा स्थानीय नगरपालिका तथा गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिनुपर्ने र नेपाल प्रहरीले गाउँ र बस्तीमा गस्ती गरेर कम्तीमा यो १५ दिनसम्म विशेष सुरक्षा दिनुपर्ने धारणा राखे । उनले अहिले गाउँगाउँमा रातिको बेला जोगिरा गायनको बेला स्थानीय बुद्धीजीवी र युवाले पनि समूह बनाएर यो संस्कृतिको संरक्षणका लागि काम गर्नुपर्ने जरुरी रहेको बताए ।

आधुनिकताको नाममा जोगिरा गायनमाथि भोजपुरी दुईअर्थी अस्लिल भड्किलो गीत, डिजेको चर्को आवाज र खुला मदिरा बिक्री वितरणलाई होलीको एक दिनअघिसम्म प्रतिबन्ध लगाइनुपर्ने तथा जोगिराको संरक्षण र संवद्र्धनका लागि समय–समयमा विभिन्न अभियान सञ्चालन गर्नुहुने जलेश्वर नगरपालिका–१ का होलैया राकेशप्रसाद चौधरीले बताए ।

मिथिलाका गाउँगाउँमा रहेका मठ, मन्दिर, चौतारा, पाटीपौवा, दोबाटो, चौबाटो अहिले रातिको बेला सङ्गीतमय बनेको बेला मिथिलामा विभिन्न देवी–देवताको आगमनसमेत हुने आस्था रहेको मटिहानी नगरपालिका–६ का होलैया एवं अवकाशप्राप्त शिक्षक चन्देश्वर साहले बताए । उनले जोगिराको संरक्षण, संवर्द्धन तथा जगेर्नाका लागि स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनु जरुरी रहेको बताए ।

जोगिरा मिथिलासहित सम्पूर्ण देशकै धरोहर (नासो) एवं सम्पत्ति रहेको भन्दै नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले इतिहास एवं हाम्रा पूर्वजको सम्मान र भविष्य एवं हाम्रा सन्ततिको संरक्षणकै लागि भए पनि जोगिराको संरक्षण गर्नुपर्ने धारणा राखे । उनले यसका लागि हामी प्रत्येक मिथिलावासी, स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय र धार्मिक, सांस्कृतिक एवं पुरातत्व विभाग पनि उत्तिकै उत्तरदायी तथा जवाफदेही बन्नुपर्नेमा जोड दिए । (रासस)

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!