बिबिसी,चैत ५ गते।अफ्रिकी देश मोजाम्बिकमा बच्चाहरुको शिर छेदन गर्ने क्रम जारी रहेको एक शीर्ष सहायता एजेन्सीले जानकारी दिएको छ । एजेन्सीका अनुसार यस्तो मोजाम्बिकको काबो डेलगाडो प्रान्तमा भइरहेको छ ।
कतिपटक त ११ वर्षसम्मका बच्चाहरुको शिर छेदन गरिएको जानकारीमा उल्लेख छ ।
गैर सरकारी संगठन ‘सेभ द चिल्ड्रेन’ लाई एउटी आमाले उनले आफ्ना १२ वर्षको छोराको टाउको छेदन गरेको घटना प्रत्यक्ष रुपमा देखेको जानकारी दिएकी छिन् । उनका अनुसार छोराको टाउको छेदन भइरहेका बेला उनी आफ्ना अन्य बच्चासँग लुकिरहेकी थिइन् ।
मोजाम्बिकमा सन् २०१७ मा सुरु भएको विद्रोहमा हालसम्म २५ सयभन्दा बढी मारिइसकेका छन् र करिब सात लाख मानिसहरुलाई पलायन गर्नुपरेको छ ।
इस्लामिक स्टेटसँग सम्बन्धित चरमपन्थी काबो डेलगाडो हिंसासँग सम्बन्धित छन् ।
आफ्नो रिपोर्टमा ‘सेभ द चिल्ड्रेन’ ले यो हमलाको पछाडि को छ भनेर थाहा नभएको तर त्यहाँबाट पलायन भएर आएका मानिसहरुले यस्तो नरसंहारको घटनाबारे बताएको जानकारी दिएको छ । तान्जानियाको सीमासँग जोडिएको काबो डेलगाडो प्रान्तमा ग्यासको भण्डार छ ।
मानिसहरुले के भने ?
एउटी आमाले सेव द चिल्ड्रेनलाई उनको छोराको उनकै आँखा अगाडि शिर छेदन गरिएको बताइन् । यी महिलाको पहिचान सुरक्षा कारणले लुकाइएको छ ।
उनले भनिन्, ‘त्यस रात हाम्रो गाउँमा हमला भएको थियो र हाम्रो घर जलाइएको थियो । जब यो सबै सुरु भयो तब म आफ्ना चार सन्तानसँग आफ्नो घरमा नै थिएँ । हामीले जंगलमा भाग्ने कोसिस गर्यौं तर उनीहरुले मेरो जेठो छोरालाई उठाएर लगे र उनको शिर छेदन गरिदिए । हामीले केही गर्न सकेनौं किनभने हामीले पनि मारिने थियौं ।’
अर्की एक महिलाले उनका छोरालाई चरमपन्थीले मारिदिएको र उनी आफ्ना बाँकी तीन सन्तानसहित पलायन हुन बाध्य भएको बताइन् ।
उनले भनिन्, ‘जब मेरो ११ वर्षका छोरा मारिए तब हामीले गाउँमा बस्न सुरक्षित नभएको ठान्यौं । म त्यहाँबाट भागेर आफ्ना पिताको गाउँमा आएँ तर केही दिन पछि त्यहाँ पनि हमला सुरु भयो । ’
मोजाम्बिकमा सेभ द चिल्ड्रेनका निर्देशक चान्स ब्रिग्सले बच्चामाथि हमलाको रिपोर्टले आफूहरुलाई भित्रैदेखि विचलित बनाएको बताएका छन् । उनले भने, ‘त्यहाँबाट भागेर क्याम्पमा बसिरहेका आमाले जब आफ्नो कहानी सुनाए तब हाम्रा कर्मचारीको आँखामा आँसु आयो ।’
संयुक्त राष्ट्रका विशेष अधिकारीले चरमपन्थीद्वारा भइरहेको यी हत्यालाई शब्दमा बयान गर्न नसकिने हत्या बताएका छन् ।
को हुन् यी चरमपन्थी ?
स्थानीय रुपमा यी चरमपन्थीलाई अल शबाब नामबाट चिनिन्छ । अरबीमा यसको अर्थ हो युवा । उनीहरुलाई काबो डेलगाडो मुस्लिम इलाकाका धेरैजसो युवा बेरोजगारको समर्थन मिल्ने गरेको पनि बताइन्छ ।
अब शबाब नामको एक संगठन सोमालियामा एक दशकसम्म सक्रिय रहँदै आएको छ । मोजाम्बिकसँग अलग्गिएको यो संगठन अल कायदासँग सम्बन्धित छ । जबकी मोजाम्बिकको अल शबाब आफूले आफैंलाई इस्लामिक स्टेट आन्दोलनसँग सम्बन्धित भएको बताउँछ ।
इस्लामिक स्टेटले यी विद्रोहीलाई त्यो प्रान्तको हिस्सा बताएको छ जसलाई उसले सेन्ट्रल अफ्रिका प्रभिन्स भन्दछ । अघिल्लो वर्ष इस्लामिक स्टेटले केही तस्बिर जारी गरेको थियो जसमा काबो डेलगाडोमा लडाकूलाई एके–४७ राइफल्स र रकेटमार्फत् चलाइने ग्रेनेडसँग देख्न सकिन्थ्यो ।
यी तस्बिरले आतंकवाद विरोधी विशेषज्ञलाई सतर्क पारिदियो किनभने यसमार्फत् थाहा हुन्छ कि थुप्रै देशमा सक्रिय जिहादी आफ्नो फाइदाका लागि स्थानीय विद्रोहको फाइदा उठाइरहेका छन् ।
के चाहन्छन् विद्रोही ?
केही जानकारका अनुसार विद्रोहको जड त्यहाँको समाजिक–आर्थिक परिवर्तनमा छ । थुप्रै स्थानीय मानिसहरुले आफूहरुलाई प्रान्तको रुबी र ग्यास इन्डष्ट्रिबाट असाध्यै कम फाइदा हुने गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।
अघिल्लो वर्ष जारी भिडियोमा एक चरमपन्थी नेताले भनेका थिए, ‘हामी इलाकामा आफ्नो कब्जामार्फत् यो देखाउन चाहन्छौं कि वर्तमान सरकार अन्यायी छ । यो सरकारले गरिबलाई अपमानित गर्छ र मालिकलाई फाइदा पुर्याउँछ ।’
यी व्यक्तिले इस्लामबारे कुरा गर्दै इस्लामी सरकारको आफ्नो इच्छाबारे जानकारी दिए । यी व्यक्तिले मोजाम्बिकको सेनाले मानिसहरुलाई प्रताडित गरिरहेको र यो सरकारले अन्यायपूर्ण काम गरिरहेको आरोप लगाए ।
चान्स ब्रिग्सले बीबीसी वर्ल्ड सर्भिसलाई चरमपन्थीको उद्देश्य के हो, यसबारे कुनै सम्बन्धित दस्तावेज नभएको भन्दै यसबारे पत्ता लगाउन मुश्किल भएको बताएका छन् ।
उनले भने, ‘उनीहरुले युवकलाई आफूसँग जोड्नका लागि छान्छन् र यदि उनीहरु अस्विकार गर्छन् भने उनीहरुलाई मारिदिने गर्छन् । र थुप्रै पटक उनीहरुको शिर छेदन गरिइन्छ । यसको अन्त्य के हो, यसबारे बताउन मुश्किल छ ।’
अघिल्लो वर्ष काबो डेलगाडोको राजधानी पेम्बाको भ्रमण गरेपछि दक्षिण अफ्रिकी बिशप्स कन्फरेन्सका एक प्रतिनिधिमण्डलले भनेका थिए, ‘मैले जतिजना सँग कुरा गरेँ, उनीहरुले पनि यही भने कि यो युद्ध प्रान्तको खनिज, ग्यास संसाधन र बहुराष्ट्रिय कम्पनीको नियन्त्रणका लागि हो ।’-साभार-रातोपाटी अनलाईन बाट














Discussion about this post