nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलाको महाकुम्भ १५ दिने मिथिला मध्यमिकी परिक्रमा आजदेखि शुरू

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २९, २०७७, १२:०४ मध्यान्ह
मिथिला मध्यमा परिक्रमामा धनुषाको सम्पुर्ण बिश्रामस्थलमा मांसमदिरा विक्रीमा रोक

जनकपुरधाम,फागुन २९ गते।मिथिला मध्यमिकी परिक्रमा आजदेखि शुरू भएको छ।यो धार्मिक पदयात्रालाई नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीकको रुपमा पनि चिनिन्छ।

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भई १५ दिनसम्म चल्नेछ।परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहने गरेको छ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको हो।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो।

आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु भोलि बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरको लागि प्रस्थान गर्नेछन्।

फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत रुपमा शुरुवात हुने परम्परा रहेको अग्नीकुण्डका महन्थ नवल किशोर शरणले बताए।

परिक्रमामा सहभागीहरु क्रमशः फुलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णीमाका दिन जनकपुरधाम फर्कने छ।

मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासले बताए।

परिक्रमामा सहभागिहरुको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ। परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन्।स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउराको प्रवन्ध मिलाउँछन् ।

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो।

यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ।परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैद्यनाथधामका साधुसन्तहरु समेत उल्लेख्य रुपमा सहभागी हुने गर्दछन् ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ।फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ ।

Tags: मिथिलाञ्चल

Discussion about this post

Related Posts

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि