असोज ३० गते।सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने कारमा सवार अन्य दुई जना घाइते भएका छन् ।
जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका–५ निवासी २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बीआर ०६ बीए एक्स ०४३५ नम्बरको भारतीय कार अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गौशाला नगरपालिका–४ निवासी शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा घाइते भएका छन् । उनीहरू दुवैको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना कसरी भयो भन्नेबारे यकिन कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
















Discussion about this post