काठमाडाैं/असाेज २९ गते। आज विश्व हात धुने दिवस । प्रत्येक वर्ष अक्टोबर १५ का दिन विश्वभर विश्व हात धुने दिवस बिभिन्न कार्यक्रम गरी मनाइन्छ। विश्व हात धुने दिवसको अन्तर्राष्ट्रिय स्तरको मुख्य अभियान नारा “हात धुने हिरो” भन्ने रहेको छ। यसैगरी, नेपाल लगायतका विभिन्न राष्ट्रहरूमा यस दिवसको सन्दर्भमा “सफा हात हाम्रै वशमा” वा “हाम्रो भविष्य हाम्रै हातमा छ” जस्ता नाराहरूका साथ जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिन्छन्।
साबुनपानीले सहि तरिकाले हात धुने बानी बसाल्न र यसको महत्त्वबारे जनचेतना जगाउन यो दिवस मनाउने गरिन्छ। साबुनपानीले नियमित रूपमा हात धुँदा झाडापखाला, रुघाखोकी, हैजा तथा विभिन्न सरुवा रोगहरूको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ।
बालबालिका, विद्यालयका विद्यार्थी र समुदायस्तरमा व्यक्तिगत सरसफाइको बानी विकास गराउनु यसको प्रमुख लक्ष्य हो। विशेष गरी खानेकुरा खानुअघि र शौच गरेपछि साबुनपानीले हात धुने बानी बसाल्न प्रेरित गरिन्छ। हातको सरसफाइले समग्र स्वास्थ्य सूचकमा सुधार ल्याउनुका साथै स्वास्थ्य उपचारमा हुने अनावश्यक खर्च समेत जोगाउन सहयोग पुर्याउँछ।
आजको दिन विभिन्न विद्यालय, स्वास्थ्य संस्था तथा सामाजिक संस्थाहरूले हात धुने सहि तरिकाबारे चेतनामूलक कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउने गर्दछन्।
















Discussion about this post