nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २३, २०८३, ८:५५ मध्यान्ह
संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

जनकपुरधाम/असोज २२। मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले संघीयता संस्थागत हुँदै गए पनि सञ्चारमाध्यम कमजोर बन्दै जानु चिन्ताजनक रहेको बताएका छन्। उनले संघीयताको संरक्षण, सुदृढीकरण र समृद्ध समाज निर्माणका लागि सञ्चारमाध्यमलाई सबल बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको १४औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै सभामुख यादवले संघीयता स्थापनादेखि त्यसको संस्थागत विकाससम्म सञ्चारकर्मी र सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। तर, सञ्चार क्षेत्रको विकास र संरक्षणमा राज्यले अपेक्षित ध्यान दिन नसकेको उनको भनाइ थियो।

“संघीयता ल्याउन र त्यसलाई संस्थागत गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका छ। तर राज्यको सञ्चारमाध्यमप्रतिको दृष्टिकोण सन्तोषजनक देखिएको छैन,” उनले भने।

सभामुख यादवले सञ्चारमाध्यम सबल भए संघीयता पनि बलियो हुने उल्लेख गर्दै संघीयताको संरक्षण र सुदृढीकरणका लागि सञ्चार क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने बताए। संघीयताप्रति विगतदेखि नै विभिन्न चुनौती देखिँदै आएको भन्दै उनले त्यसको संस्थागत विकासमा सञ्चारमाध्यमले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

कार्यक्रमकी विशिष्ट अतिथि नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले सरकारले लोककल्याणकारी विज्ञापन बन्द गरेपछि सञ्चारमाध्यम थप आर्थिक संकटमा परेको बताइन्। उनले लोककल्याणकारी विज्ञापनसम्बन्धी कार्यविधि फिर्ता लिएर विज्ञापन वितरणको व्यवस्था पुनः सञ्चालन नगरेसम्म महासंघको आन्दोलन जारी रहने स्पष्ट पारिन्।

“सरकारले बन्द गरेको लोककल्याणकारी विज्ञापनसम्बन्धी आन्दोलन समाप्त भएको छैन। सरकारले सम्बन्धित कार्यविधि फिर्ता नलिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ,” अध्यक्ष शर्माले भनिन्।

उनले सञ्चार क्षेत्रको लगानी, व्यावसायिक क्षमता र गुणस्तर अभिवृद्धिका लागि सरकारले स्पष्ट नीति तथा कार्यक्रम ल्याउनुपर्ने माग गरिन्। सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर हुँदा पत्रकारिता क्षेत्रसमेत प्रभावित हुने भएकाले यसको दिगोपनका लागि राज्यले आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो। महासंघको केन्द्रीय समितिको बैठकबाट सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा थप ठोस निर्णय गरिने उनले जानकारी दिइन्।

शाखाका अध्यक्ष पुरण साहको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, लेखा समिति संयोजक केसी लामिछाने, मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण तथा विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाका पदाधिकारीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साधारण सभाका अवसरमा पत्रकारिता तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका चार जनालाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। कार्यक्रममा शाखाको सांगठनिक तथा आर्थिक गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजनामाथि पनि छलफल गरिएको नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनाएको छ।

साधारण सभामा सहभागी वक्ताहरूले पत्रकारिता क्षेत्रको व्यावसायिक विकास, सञ्चारमाध्यमको आर्थिक सबलीकरण तथा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सञ्चार क्षेत्र र राज्यबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

Tags: Breaking News NepalDhanusha NewsJanakpur NewsLatest News NepalMadhesh NewsNepal NewsSajilo PostSajilo Post MediaSajilo Post NewsSajiloPost.comजनकपुरधामसमाचार

Discussion about this post

Related Posts

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

जनकपुरधाममा रक्तदान कार्यक्रम, ४१ जनाले गरे रक्तदान

जनकपुरधाममा रक्तदान कार्यक्रम, ४१ जनाले गरे रक्तदान

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि