जनकपुरधाम/असोज १४ गते । मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीरले पाएका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने ‘तेस्रो जलवायु अनुकूलन लगानी योजना मञ्च’ सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएकाले आजैदेखि लागू हुने गरी कार्यवाहकको जिम्मेवारी मन्त्री समीरलाई तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।















Discussion about this post