मुम्बई/भदौ २४ गते। ‘मिर्जापुर: द मुभी’ रिलिज हुनासाथ विवादमा तानिएको छ।
राजस्थानी कलाकार रापरिया बालमले चलचित्रका निर्माताहरूले अनुमति वा श्रेय अर्थात क्रेडिट बिना नै आफ्नो गीत ‘शूरवीर’ प्रयोग गरेको आरोप लगाएका छन्।
उनले बताएअनुसार उक्त गीत महाराणा प्रतापप्रति सम्मान स्वरूप तयार पारिएको थियो तर चलचित्रमा भने यसलाई ग्याङस्टरहरू अर्थात अपराधी समूह देखाइएको दृश्यमा प्रयोग गरियो। आफ्नो असन्तुष्टि व्यक्त गर्दै रापरिया बालमले गीतको लाइसेन्सिङ अर्थात अनुमति पत्रका सम्बन्धमा प्रश्न उठाएका छन्।
‘मिर्जापुर: द मुभी’ का निर्माताहरूले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि, जुन ‘ट्रुपर रेकर्ड्स’ लेबलअन्तर्गत उक्त गीत सार्वजनिक गरिएको थियो, त्यसले भने एक विज्ञप्ति जारी गरेको छ।
ट्रुपर रेकर्ड्सले ‘मिर्जापुर’ चलचित्रमा उक्त गीत प्रयोग गर्न फरहान अख्तरको कम्पनी ‘एक्सेल इन्टरटेनमेन्ट’ लाई अनुमति प्रदान गरिएको जनाएको छ। साथै, उनीहरूले चलचित्रको सफलताका लागि एक्सेल इन्टरटेनमेन्टलाई बधाई पनि दिएका छन्।















Discussion about this post