मुम्बई/भदौ १२ गते। फिल्म ‘रामायण’का निर्माता नमित मल्होत्रा अभिनेता रणवीर कपुरको बहुप्रतिक्षित फिल्म ‘ब्रह्मास्त्र २’ निर्माण गर्न इच्छुक देखिएका छन्।
बलिउड हंगामाका अनुसार ‘ब्रह्मास्त्र’को पहिलो भागका सह(निर्मातासमेत रहेका मल्होत्रा दोस्रो भाग बनाउन इच्छुक रहेका हुन्। उनी ‘रामायण’को काम सकिएपछि ‘ब्रह्मास्त्र २’को तयारीमा जुट्न सक्ने जनाइएको छ।
पहिलो भाग निर्माण गरेको धर्मा प्रोडक्सन्स पछि हटेपछि मल्होत्राले यसको दोस्रो भाग ९सिक्वेल० मा मुख्य स्टुडियो साझेदार बन्न चासो देखाएका हुन्। यदि यो योजना सफल भएमा ‘ब्रह्मास्त्र २’ले पनि ‘रामायण’ सरह नै भव्य प्रदर्शन पाउने सम्भावना छ।
रणवीर कपुरको फिल्म ‘ब्रह्मास्त्र २’बारे पछिल्ला मुख्य जानकारीहरू आउने क्रम जारी छ। दोस्रो भागमा रणवीर कपुर दोहोरो भूमिकामा देखिनेछन्। पहिलो भागको मुख्य पात्र ‘शिवा’का साथै उनी यस सिक्वेलमा मुख्य भिलेन ‘देव’को भूमिकामा पनि स्वयं अभिनय गर्नेछन्। फिल्मको मूल कथा देव र अमृताको पृष्ठभूमि तथा उनीहरूको सम्बन्धको वरिपरि घुम्नेछ। कलाकारहरूमा आलिया भट्ट ‘ईशा’को भूमिकामा दोहोरिने छिन् भने दीपिका पादुकोणसँग ‘अमृता’को भूमिकाका लागि कुराकानी भइरहेको छ।
धर्मा प्रोडक्सन्स पछि हटेपछि फिल्म ‘रामायण’का मुख्य निर्माता नमित मल्होत्राले यसको निर्माण र भिएफएक्स ९ख्ँह्० को जिम्मेवारी सम्हालेका छन्। फिल्मको बजेट करिब ५०० देखि ५५० करोड भारु रहने अनुमान गरिएको छ।
छायाङ्कन र रिलिजको तालिकाबारे कुनै औपचारिक जानकारी नदिइए पनि निर्देशक अयान मुखर्जीले पटकथाको काम पूरा गरिसकेका छन्। रणवीर कपुरले ‘रामायण’को काम सकेपछि अप्रिल २०२७ देखि ‘ब्रह्मास्त्र २’को सुटिङ सुरु गर्ने योजना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।















Discussion about this post