nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ७, २०८३, ९:२८ मध्यान्ह
तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

काठमाडौं । यस वर्षको तीजलाई लक्षित गर्दै बहुचर्चित गायक सुरेश शाहीको स्वरमा नेपाली महिलाका दैनिक भोगाइ, पारिवारिक सम्बन्ध, महँगीदेखि देशमा बढ्दो बेरोजगारीसम्मका विषयलाई रमाइलो ढंगले प्रस्तुत गरिएको तीज गीत सार्वजनिक भएको छ।

गायक शाहीको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको गीतमा नवोदित गायिका विनूशा राईको समेत स्वर रहेको छ। गीतको रचना व्यवसायी सुमित्रा खड्काले गरेकी हुन्।

गीतको म्युजिक भिडियोमा गायक सुरेश शाही, सुमित्रा खड्का, सुदीपा पाठक र विक्की विश्वकर्माले अभिनय गरेका छन्। भिडियोको निर्देशन शेर शाहीले गरेका हुन्।

गीतमा महिलाले बढ्दो सुनको मूल्यप्रति श्रीमान्सँग गुनासो गरेकी छन्। ‘सुनको भाउ बढेर छोइसक्नु भएन’ भन्दै तीजमा गरगहना लगाउने आफ्नो चाहना पूरा हुन नसकेको पीडा उनले व्यक्त गरेकी छन्। त्यसको जवाफमा श्रीमान्ले पनि आर्थिक अवस्थाका कारण आफ्नो बाध्यता सुनाएका छन्।

गीतको अर्को अन्तरा भने सासू–बुहारी सम्बन्धमा केन्द्रित छ। सासूले दूध नदिएको, बुहारीले घाँस नकाटेकोदेखि घरभित्र हुने सामान्य भनाभनसम्मका विषयलाई हास्यरसमा प्रस्तुत गरिएको छ। अन्ततः ‘सासू–बुहारी नमिलेको घर कहाँ छ ?’ भन्ने भावमार्फत पारिवारिक सम्बन्धमा आपसी समझदारी र मेलमिलाप आवश्यक रहेको सन्देश दिन खोजिएको छ।

त्यस्तै, नन्दले लगाउने कुरा, सासूको व्यवहारदेखि श्रीमान्–श्रीमतीबीच हुने सामान्य गुनासासमेत गीतमा समेटिएको छ। एउटै कुरा पटक–पटक दोहोर्‍याउने श्रीमान्को बानीदेखि आफूले भनेका कुरा श्रीमतीले नसुन्नेसम्मका प्रसंगलाई रमाइलो संवादका रूपमा प्रस्तुत गरिएको छ।

गीतको अन्तिम भाग भने अझ समसामयिक विषयमा केन्द्रित छ। जेठाजु युरोप र देवर अमेरिका पुगे पनि आफ्ना श्रीमान् भने आफ्नै देशमा बेरोजगार रहेको महिलाको गुनासो गीतमा सुनिन्छ। विदेशमा रहेका आफन्तले सम्मान पाउने तर आफ्नै देशमा बेरोजगार भएर बस्दा अपहेलना सहनुपर्ने अवस्थालाई पुरुष पात्रले आफ्नो पीडाका रूपमा व्यक्त गरेका छन्।

तीजको रमझमसँगै महँगी, पारिवारिक सम्बन्ध, बेरोजगारी, वैदेशिक रोजगारी तथा दाम्पत्य जीवनका साना–ठूला गुनासालाई एउटै कथामा बुनेको यो गीतले नेपाली समाजको बदलिँदो पारिवारिक तथा आर्थिक अवस्थालाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ।

गीतकी रचनाकार व्यवसायी सुमित्रा खड्काले यस तीजमा आफ्नो गीतमा महिलाहरूले नाचेर, गाएर भरपूर मनोरञ्जन लिने विश्वास व्यक्त गरेकी छन्।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) मा बालबालिकाका सवाल र आवाज समेट्न मधेश प्रदेशमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) मा बालबालिकाका सवाल र आवाज समेट्न मधेश प्रदेशमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

मर्निङ वाक गर्नुका यी हुन ७ फाइदा, कम्तिमा हिडनुहोस् ३० मिनेट

मर्निङ वाक गर्नुका यी हुन ७ फाइदा, कम्तिमा हिडनुहोस् ३० मिनेट

पुत्रदा एकादशी, सन्तान बिहिनका लागि ब्रत बस्ने दिन

पुत्रदा एकादशी, सन्तान बिहिनका लागि ब्रत बस्ने दिन

चाडपर्वको मुखैमा भारतमा चिनीको मूल्यमा भारी मूल्यवृद्धि

चाडपर्वको मुखैमा भारतमा चिनीको मूल्यमा भारी मूल्यवृद्धि

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि