मुम्बई/भदौं ५ गते। ‘धुरन्धर’ मा डाँकु रहमानको भूमिकामा दर्शकहरूको मन जितेका अक्षय खन्ना अब ‘महाकाली’ मा शुक्राचार्यको भूमिकामा देखिने भएका छन्।
लामो सेतो दाह्री। टाउकोको टुप्पोमा बाँधिएको जटाजुुट। निधारमा तिलक र अनुहारमा रहस्यमय तेज। पहिलो नजरमा यो चिन्नै गाह्रो हुन्छ कि उनी तिनै अक्षय खन्ना हुन् जसले ‘धुरन्धर’मा डाँकु रहमानको रूपमा पर्दामा त्रास फैलाएका थिए।
अक्षय खन्नाको आगामी भूमिका कुनै ग्याङस्टरको होइन। यसपटक उनी पौराणिक कथाका सबैभन्दा ज्ञानी र शक्तिशाली ऋषिहरूमध्ये एक शुक्राचार्यको भूमिकामा देखिँदैछन्।
प्रशान्त वर्मा सिनेम्याटिक युनिभर्स अन्तर्गतको चलचित्र ‘महाकाली’को पहिलो झलक सन् २०२६ को अगस्ट २४ मा सार्वजनिक गरिनेछ। निर्माताहरूले यसलाई ‘द एन्ड बिगिन्स’ अर्थात् ‘अन्त्यको सुरुवात’ भन्ने रहस्यमय ट्यागलाइनका साथ प्रस्तुत गरेका छन्।
यस चलचित्रमा भूमि शेट्टी र रोहित सराफ पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन्। अक्षय खन्नाको नयाँ रूपले इन्टरनेटमा निकै चर्चा बटुलिरहेको छ। यद्यपि, यस रूपको पछाडि रहेको पौराणिक पात्रको कथा अझ बढी रोचक छ। शुक्राचार्यलाई केवल असुरहरूका गुरु का रूपमा मात्र हेर्नु ठूलो भूल हो।
नयाँ पुस्ताका लागि शुक्राचार्यको परिचय प्रायः एउटै वाक्यमा सीमित गरिन्छ, उनी असुरहरूका गुरु थिए। यो अपूरो विवरणले उनलाई एक खलनायकका रूपमा चित्रण गर्छ।
पुराण र महाभारतका कथाहरूमा चित्रित उनको व्यक्तित्व अत्यन्त गहिरो र प्रभावशाली छ। शुक्राचार्यलाई ऋषि भृगुका पुत्र मानिन्छ, खासमा उनी काव्य र उशना नामले पनि चिनिन्थे।
यद्यपि उनी असुरहरूका गुरु थिए तथापि उनी कुनै पनि हालतमा अधर्मका पक्षधर थिएनन्। उनी आफ्ना शिष्यहरूप्रति पूर्ण रूपमा समर्पित गुरु थिए। साथै, उनी एक दृढ तपस्वी, कुशल रणनीतिकार र मन्त्र विद्याका महान् ज्ञाता थिए।
देवताहरूका गुरु बृहस्पति थिए भने असुरहरूले शुक्राचार्यलाई आफ्नो मार्गदर्शकका रूपमा चुनेका थिए। दुई पक्षबीचको द्वन्द्व केवल शक्तिको परीक्षण मात्र थिएन, ती दुई महान् गुरुहरूको बुद्धि र रणनीतिको पनि आपसमा प्रतिस्पर्धा हुन्थ्यो। उनै असुरहरूका गुरू शुक्राचार्यको भुमीकामा अक्षय कुमार देखिन लागेका हुन् ।















Discussion about this post