nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुनिता आहुजाले फिर्ता लिइन गोविन्दाविरुद्धको सम्बन्धविच्छेदको मुद्दा 

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ४, २०८३, ७:३४ मध्यान्ह
सुनिता आहुजाले फिर्ता लिइन गोविन्दाविरुद्धको सम्बन्धविच्छेदको मुद्दा 

मुम्बई/भदौ ४ गते । गत वर्षदेखि नै गोविन्दा र सुनिता आहुजाको वैवाहिक सम्बन्धमा आएको खटपट र उनीहरूको सम्बन्धविच्छेद सम्बन्धी विभिन्न चर्चा परिचर्चा चलिरहेको छ ।

अब गोविन्दाका म्यानेजर शशि सिन्हाले सुनिता आहुजाले गोविन्दा विरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएको पुष्टि गरेका छन्।

सुनिता आहुजालाई मुम्बईको बान्द्रास्थित अदालतमा देखिएको थियो, यद्यपि त्यसको कारण भने खुलेको थिएन। लामो समय देखि सुनिता आहुजाले गम्भीर आरोपहरू लगाउँदै र विवादास्पद टिप्पणीहरू गर्दै आएकी थिइन् भने गोविन्दाले पनि बेला बेलामा त्यसको जवाफ दिँदै आएका पनि थिए।

गोविन्दाका म्यानेजर शशि सिन्हाले विगत दुई वर्षमा यो सम्पूर्ण प्रकरणले मिडियामा जसरी स्थान पायो, त्यसमाथि निराशा व्यक्त गरेका थिए । उनले यो कुरा यति टाढासम्म पुग्नुपर्ने आवश्यकता नभएको बताउँदै भने, ‘झगडा त भइरहन्छन् तर जीवन अघि बढिरहन्छ।’

उनले एनडीटीभीसँग भने, ‘तर पारिवारिकझगडाको कुरा जब अदालतसम्म पुग्छ, तब सारा संसारलाई थाहा हुन्छ। के संसारलाई यो कुरा थाहा हुनु आवश्यक थियो र ? यसको कुनै आवश्यकता थिएन। पारिवारिक कुरा परिवार भित्रै सीमित रहनुपर्छ। धेरै कुराहरू बसेर छलफल गर्दा समाधान हुन्छन्। यदि आज मुद्दा फिर्ता नै लिनु थियो भने सुरुमा किन दायर गरिएको थियो ? यसले मलाई दुःखी बनाउँछ। हामी किन तमासाको पात्र बन्यौं ?’

‘गोविन्दाको तर्फबाट हाल कुनै प्रतिक्रिया आएको छैन। यी सबै घटनाक्रम केही मिनेट अघि मात्र भएका हुन्। अहिलेसम्म कुनै प्रतिक्रिया देखिएको छैन। भगवानले सबैलाई सद्बुद्धि दिऊन् र सबैले समझदारीपूर्वक व्यवहार गरुन्, मुख्य कुरा यही हो। म सबैको भलो चाहन्छु– गोविन्दा, सुनिता, बालबालिका र सबैको,’ शशी सिन्हाले भनिन्।

गत फेब्रुअरीदेखि नै अनलाइनमा गोविन्दा र सुनिताको सम्बन्धविच्छेदको चर्चा चलिरहेको छ।

सुनिता आहुजाले हालैका केही अन्तर्वार्तामा व्यक्तिगत विवरणहरू सार्वजनिक गरेपछि उनीहरूको सम्बन्धमा समस्या रहेकोबारेका अड्कलबाजीहरूले थप तीव्रता पाएका हुन्।

यिनै चर्चा परिचर्चाका बीच ई टाइम्स को एक रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘सुनिताले केही महिनाअघि सम्बन्ध अलग बस्ने अर्थात सेपरेसनको  सूचना पठाएकी थिइन् तर त्यसयता कुनै थप प्रक्रिया अघि बढेको छैन।’

सुनिता आहुजाले हालै ‘रूपा’ चलचित्रमा सह कलाकार रहेकी कोमल रानी स्वर्णकारसँगको सम्बन्धलाई लिएर गोविन्दालाई ‘सुगर ड्याडी’ भनेकी थिइन्। यस विवादबारे गोविन्दाले पनि प्रतिक्रिया दिएका थिए । सुनिताले सार्वजनिक रूपमै ती अभिनेत्रीसँग गोविन्दाको प्रेम सम्बन्ध रहेको आरोप लगाएपछि यस्तो टिप्पणी आएको हो।

तर, रिपोर्टहरूका अनुसार यो जोडीबीच गत वर्ष नै मेलमिलाप भएको थियो।

Tags: बलिउड

Discussion about this post

Related Posts

अल्लु अर्जुनको फिल्ममा अब हलिउड स्टार विल स्मिथ पनि देखि

अल्लु अर्जुनको फिल्ममा अब हलिउड स्टार विल स्मिथ पनि देखि

चामलमा सिलासा (किरा) परयो, उसो भए तेजपत्ता राखिदिनुहोस

चामलमा सिलासा (किरा) परयो, उसो भए तेजपत्ता राखिदिनुहोस

जापानले ५००० खेलाडीलाई खेल अबधिभर पानीजहाजमा राख्ने

जापानले ५००० खेलाडीलाई खेल अबधिभर पानीजहाजमा राख्ने

आज गोरखकाली पुजा, शक्ति सञ्चय प्राप्त हुने धार्मिक विश्वास

आज गोरखकाली पुजा, शक्ति सञ्चय प्राप्त हुने धार्मिक विश्वास

मधेशमा १४ स्वास्थ्यकर्मीको काज फिर्ता, दरबन्दी भएकै कार्यालयमा पठाइयो

मधेशमा १४ स्वास्थ्यकर्मीको काज फिर्ता, दरबन्दी भएकै कार्यालयमा पठाइयो

जनकपुरधाममा भव्य रूपमा मनाइयो तुलसी जयन्ती महोत्सव

जनकपुरधाममा भव्य रूपमा मनाइयो तुलसी जयन्ती महोत्सव

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि