बारा/साउन २२ गते। बारामा बिजुलीको पोलमा हुक लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–७, कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान करिब १०ः४० बजे उनी बत्ती बाल्नका लागि पोलमा हुक लगाइरहेका बेला एउटा हुकको तार विद्युत् लाइनमा अल्झिएको थियो। त्यसक्रममा अर्को तार उनको शरीरमा खस्दा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घाइते कोईरीलाई उनका भाइ चन्देश्वर महतो कोईरीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्याएका थिए। घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट असई पुजई महराको नेतृत्वमा प्रहरी टोली बिहान ११ः१० बजे घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार अस्पतालमा उपचारका क्रममा दिउँसो १२ः०५ बजे चिकित्सकले ईसीजी परीक्षणपछि कोईरीलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।















Discussion about this post