नयाँदिल्ली/साउन ७ गते। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्नहरूलाई कारबाही गर्न ‘फास्ट ट्र्याक अदालत’ स्थापना गरिने प्रतिबद्दता जनाएका छन ।
प्रधानमन्त्री मोदीले युवाहरूको भविष्यसँग खेलबाड गर्नेहरूलाई नछोडिनेसमेत बताएर जन्तरमन्तरमा आन्दोलनरत युवाहरूको माग सम्बोधन गर्ने प्रयत्न गरेका छन ।
मोदीको सो घोषणा पछि कांग्रेस आइका नेता राहुल गान्धीले भने, ‘हाम्रा युवाहरूको भविष्यमा सबैभन्दा बढी क्षति पुर्याउने व्यक्ति तपाईं नै हुनुहुन्छ, तपाईंले शिक्षा प्रणालीलाई बर्बाद हुन दिनुभयो र यसका लागि जिम्मेवार व्यक्तिहरूलाई संरक्षण गर्नुभयो ।’
प्रधानमन्त्रीको यो घोषणा कक्रोच जनता पार्टी र विपक्षी दलहरूको विरोधका बीच आएको हो। कक्रोच पार्टीले विगत ३४ दिनदेखि जन्तर मन्तरमा विरोध प्रदर्शन गरिरहेको छ। प्रधानमन्त्री मोदीको सो प्रतिबद्दता पछि औपचारिक रूपमा कक्रोच पार्टीले कुनै प्रतिक्रिया दिएको छैन ।
यसैबीच, अभियन्ता सोनम वाङचुक २६ दिनदेखि अनशनमा छन्। उनी गुरुग्रामस्थित मेदान्ता अस्पतालमा भर्ना भएका छन् र त्यहाँ उनको उपचार भइरहेको छ।















Discussion about this post