इस्तानबुल/असार २७ गते । टर्कीपछि इजिप्टले पनि आफ्ना बन्दरगाहहरूमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेश अनुमति दिन अस्वीकार गरेको छ।
भर्जिन भोयजेज को ‘स्कार्लेट लेडी’ नामक जहाज सुरुमा टर्कीका इस्तानबुल र कुसादासी बन्दरगाहमा रोकिने गरी तय गरिएको थियो। त्यहाँ अनुमति नपाए पछि यसको यात्रा तालिका परिवर्तन गरी इजिप्टको अलेक्जान्ड्रिया बन्दरगाहलाई लगिएको थियो तर अन्तिम समयमा त्यो अनुमति पनि रद्द गरियो, उसले त्यहाँ बस्ने अनुमति पाएन् ।
अमेरिकास्थित ‘एलजीवीटी क्यु’ समुदाय लक्षित यात्रा कम्पनी ‘एट्लान्टिस इभेन्ट्स’द्वारा आयोजित १० दिने ‘एथेन्सदेखि भेनिस’ सम्मको क्रुज यात्रा जुलाई ५ मा सुरु भएको हो। यस जहाजमा करिब २ हजार यात्रुहरू सवार छन्।
आयोजकहरूका अनुसार टर्किमा रोकिए पछि अलेक्जान्ड्रियालाई यात्रा कार्यक्रममा थपिएको थियो, जसअनुसार काइरो र इजिप्टियन संग्रहालयको भ्रमण तालिकाको साथ उनीहरू त्यता जाँदै थिए तर इजिप्टियन अधिकारीहरूले अन्तिम समयमा प्रवेशको अनुमति दिएनन ।
त्यस पछि जहाजको मार्ग दोस्रो पटक परिवर्तन गरियो र यसलाई ग्रीकको टापु क्रेटमा रहेको चानिया बन्दरगाहमा मोडिएको थियो । यसअघि, टर्कीका अधिकारीहरूले चार्टर समूहका गतिविधिहरू समाजको संरचना र नैतिक मूल्य-मान्यता अनुकूल नभएको भन्दै उक्त जहाजलाई कुसादासी बन्दरगाहमा प्रवेश गर्न अनुमति दिन अस्वीकार गरेका थिए।















Discussion about this post