तेहरान/असार २५ गते। अमेरिकी हमलामा परी १४ जना इरानी नागरिकको ज्यान गएको छ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार दुई रातको अमेरिकी आक्रमणमा १४ जनाको मृत्यु भएको हो। उसका अनुसार पछिल्लो चरणको हमलामा १४ जनाको मृत्यु भएको जनाएको छ।
मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केरमानपुरका अनुसार जुलाई ८ र ९ मा इरानका पाँचवटा प्रान्तलाई लक्षित गरी गरिएका अमेरिकी आक्रमणमा ७८ जना घाइते भएका छन्। घाइतेमध्ये ४७ जना अझै अस्पतालमै रहेको उनले बताए।
यसैबीच, इरानको दक्षिणी क्षेत्रमा पर्ने इरान शहरका गभर्नरले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार विमानस्थलको एउटा भवनमा भएको अमेरिकी आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ।















Discussion about this post