सिराहा/असार २० गते।अबैध लागु औषध खैरो हेरोइन र कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ परेका छन ।
नवराजपुर गाउँपालिका–५ बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय १५ ग्राम २० मिलिग्राम, कटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोली २ राउण्ड सहित भारतीय नागरिक पक्राउ परेका हुन । यसरी पक्राउ पर्नेमा मधुवनी बिहार ग्राम पञ्चायत बिरपुर(३ ठेगाना भएका ३५ वर्षीय अब्दुल कलाम रहेका छन ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले उक्त स्थानमा ४ जनाको समूहले लागूऔषध कारोबार गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा प्रहरीलाई लक्षित गरी कटुवा पेस्तोलबाट फायर गरेपश्चात प्रहरीले आत्मरक्षाको लागि फायर गर्दा अब्दुल घाइते भएका थिए । घाइते भएका अब्दुलको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ ।
प्रहरीले हाल फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।














Discussion about this post