मुम्बई/असार १६ गते। शाहरुख खानको सबैभन्दा धेरै कमाउने फिल्महरू मध्ये एक ‘पठान’ को सिक्वेलको निर्माण सुरु भएको छ।
गत डिसेम्बरमा दुबईमा डेन्यूब ग्रुपले आयोजना गरेको एक कार्यक्रममा, समूहका संस्थापक रिजवान साजनले आफ्नो रियल इस्टेट प्रोजेक्टसँगै स्टेजमा ‘पठानः२’का बारेमा को उल्लेख गरेका थिए। अब रिपोर्टहरूका अनुसार ‘पठान २’ को स्क्रिप्ट लगभग तयार छ।
फिल्म फेयरका अनुसार आदित्य चोपडा, श्रीधर राघवन र अब्बास टायरवालाले यस चलचित्रको पटकथालाई अन्तिम रूप दिइसकेका छन, यद्यपि निर्माताहरूले अहिले यसमा केही आवश्यक परिवर्तनहरू गर्दैछन्। ‘धुरन्धर’ को प्रदर्शनपछि जासुसी चलचित्रहरूप्रतिको दर्शकको दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ, उक्त चलचित्रपछि मानिसहरूले यश चोपडा फिल्मसका जासुसी चलचित्रहरूको निकै आलोचना गरेका थिए । यही प्रतिक्रियालाई ध्यानमा राख्दै अहिले पठान २ लाई अझ यथार्थपरक र अर्थपूर्ण बनाउने काम भइरहेको छ।
निर्माताहरू शाहरुख खानलाई ‘पठान’ भन्दा पूर्णतया फरक अवतारमा पर्दामा प्रस्तुत गर्न चाहन्छन् र नयाँ दृष्टिकोण ल्याउन नयाँ निर्देशक खोजिएको छ। यसको अर्थ सिद्धार्थ आनन्दले ‘पठान २’ निर्देशन गर्ने छैनन्। यद्यपि, यस कथामा एउटा ठूलो मोड छ, सामाजिक सञ्जालमा प्रसारित रिपोर्टहरूले ‘पठान २’को निर्माण आलिया भट्टको ‘अल्फा’को प्रदर्शनमा निर्भर रहेको बताउँछन्।
‘अल्फा’ ले जनताबाट सकारात्मक प्रतिक्रिया पाएमा र राम्रो बक्स अफिस कलेक्सन गरेमा मात्र यश चोपडा फिल्मसको ‘पठान २’ले पनि बाजी मार्ने अनुमान गरिएको छ । अहिले ‘पठान २’ को लागि प्रि पोडक्सनको काम धमाधम भईरहेको छ, छायांकन चिलीमा हुने तालिका छ र छायांकनको बारेमा ठोस छलफल चिलीका राष्ट्रपति गेब्रियल बोरिक फन्टसँग भइसकेको छ। यद्यपि, सम्पूर्ण योजना ‘अल्फा’ को प्रदर्शनमा निर्भर गर्दछ।





















Discussion about this post