धनुषा/जेठ १६ गते। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष हस्तान्तरण गरेको छ ।
शनिबार मुख्यमन्त्री, अर्थमन्त्री, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा प्रदेश सरकारका उच्च अधिकारीहरूले संयुक्त रूपमा नीति तथा कार्यक्रमको दस्तावेज प्रदेश प्रमुखलाई बुझाएका हुन् ।
प्रदेश सरकारका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम आर्थिक समृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, रोजगारी प्रवद्र्धन, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, पूर्वाधार विकास र सुशासनलाई केन्द्रमा राखेर तयार गरिएको छ ।
सरकारले विकास निर्माणका आयोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने र नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।
नीति तथा कार्यक्रम हस्तान्तरण भएसँगै त्यसलाई आधार बनाएर आगामी आर्थिक वर्षको बजेट निर्माण तथा कार्यान्वयन प्रक्रिया अघि बढाइने प्रदेश सरकारले जनाएको छ ।




















Discussion about this post