nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस सरकारको नीति तथा कार्यक्रम– कृषि, रोजगारी र सुशासन केन्द्रित

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १५, २०८३, ६:१० मध्यान्ह
मधेस सरकारको नीति तथा कार्यक्रम– कृषि, रोजगारी र सुशासन केन्द्रित

धनुषा/जेठ १५ गते । मधेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, स्वास्थ्य–शिक्षा सुधार र डिजिटल सुशासनलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘समृद्ध मधेश निर्माण’लाई मुख्य लक्ष्यका रूपमा अघि सारिएको छ ।

प्रदेश सरकारले कृषि, उद्योग र पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मानेको छ । ‘मेड इन मधेश, समृद्ध प्रदेश’ र ‘उत्पादनशील मधेश, आत्मनिर्भर देश’ अभियानमार्फत कृषि उत्पादन वृद्धि गरी खाद्यान्न आयात घटाउने र निर्यात प्रवद्र्धन गर्ने नीति लिइएको छ । सरकारका अनुसार धान, गहुँ, मकै, कोदो, तेलहन र दलहन बालीको बीउमा प्रदेशलाई आत्मनिर्भर बनाउन ‘बीज प्रवद्र्धन परियोजना’ सञ्चालन गरिनेछ ।

प्रदेशको पहिचानका रूपमा रहेको मखान खेतीलाई व्यावसायिक बनाइने, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमा संलग्न किसान तथा उद्यमीलाई विशेष प्रोत्साहन दिइने नीति लिइएको छ । माछापालन तथा मत्स्य व्यवसायलाई पनि आधुनिक प्रविधिसँग जोड्दै मूल्य श्रृंखलामा आधारित कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

कृषि क्षेत्रको लागत घटाउन र उत्पादकत्व बढाउन सरकारले सिँचाइ क्षेत्रमा विशेष योजना अघि सारेको छ । सिँचाइमा प्रयोग हुने विद्युत् महसुलमा शतप्रतिशतसम्म अनुदान दिने, नयाँ सिँचाइ प्रविधि विस्तार गर्ने तथा ‘सौर्य सिँचाइ प्रवद्र्धन कार्यक्रम’ लागू गरी साना किसानलाई सोलार पम्प खरिदमा अनुदान उपलब्ध गराइने भएको छ ।

प्रदेश सरकारले कृषकलाई प्रत्यक्ष अनुदान दिने व्यवस्था पनि घोषणा गरेको छ । वास्तविक उत्पादनका आधारमा किसानको बैंक खातामा सिधै अनुदान रकम जम्मा गरिने तथा कृषि बीमामा थप अनुदान दिइने नीति कार्यक्रममा उल्लेख छ ।

स्थानीय उत्पादन बजार नपाएर खेर जाने समस्या अन्त्य गर्न प्रत्येक स्थानीय तहमा कृषि सङ्कलन केन्द्र, कोल्ड रुम र दूध चिस्यान केन्द्र स्थापना गरिने भएको छ । कृषि एम्बुलेन्स तथा चिस्यानयुक्त ढुवानी साधन सञ्चालन गर्न सहकारी र निजी क्षेत्रलाई विशेष अनुदान दिने योजना सरकारले अघि सारेको छ ।
बाँझो जमिनलाई उत्पादनमा ल्याउन ‘प्रदेश भूमि बैंक’ अवधारणा अघि बढाइने भएको छ । सहकारी वा चक्लाबन्दीमार्फत सामूहिक खेतीलाई प्रोत्साहन गरिने सरकारको योजना छ ।

रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै सरकारले ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । कम्तीमा एक हजार जनालाई रोजगारी दिने उद्योगी तथा रोजगारदातालाई ‘रोजगारदाता सम्मान’ प्रदान गरिने नीति लिइएको छ ।
उद्योग तथा लगानी प्रवद्र्धनका लागि प्रदेशस्तरीय ‘एकद्वार उद्योग तथा लगानी सेवा केन्द्र’ स्थापना गरिने भएको छ । नयाँ उद्योग स्थापना गर्ने लगानीकर्तालाई कर छुट, जग्गा रजिस्ट्रेशन शुल्कमा सहुलियत तथा सुरक्षा प्रत्याभूति दिने घोषणा गरिएको छ । साथै ‘प्रादेशिक लगानी सम्मेलन’ आयोजना गरी प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने योजना पनि सरकारले बनाएको छ ।

युवालाई डिजिटल अर्थतन्त्रसँग जोड्न सरकारले ठूलो योजना अघि सारेको छ । डिजिटल सीप, फ्रिलान्सिङ, आउटसोर्सिङ र ई–कमर्स तालिममार्फत कम्तीमा एक लाख नयाँ डिजिटल उद्यमी तयार गर्ने लक्ष्य राखिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप परीक्षण गरी उत्पादनशील क्षेत्रमा जोड्न ‘डिजिटल सीप पासपोर्ट’ प्रणाली लागू गरिने भएको छ ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने नीति लिइएको छ । विद्यालयमा स्मार्ट बोर्ड जडान, शिक्षकलाई स्टीम आधारित तालिम, विद्यालय नर्स कार्यक्रम विस्तार तथा आवासीय नमुना विद्यालय सञ्चालन गरिने योजना सरकारले अघि सारेको छ ।

स्वास्थ्य क्षेत्रमा मातृ–शिशु स्वास्थ्य, पूर्ण खोप, पोषण कार्यक्रम तथा मानसिक स्वास्थ्य सेवामा जोड दिइएको छ । प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाका लागि विशेष सेवा सुरु गरिने भएको छ । मानसिक स्वास्थ्य उपचार कक्ष स्थापना गर्ने तथा विद्यालय र समुदाय स्तरमै मनोसामाजिक परामर्शदाता राख्ने योजना पनि सरकारको छ ।

मधेश प्रदेशमा बढ्दो साइबर अपराध र अनलाइन ठगी नियन्त्रण गर्न ‘साइबर सुरक्षा सचेतना कार्यक्रम’ सञ्चालन गरिने भएको छ । महिला, बालबालिका र युवालाई डिजिटल जोखिमबाट जोगाउन प्राविधिक क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।
सांस्कृतिक तथा धार्मिक पर्यटनलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । जनकपुरधामस्थित जानकी मन्दिर लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने तथा जनकपुरलाई अन्तर्राष्ट्रिय ‘वेडिङ डेस्टिनेसन’का रूपमा विकास गरिने भएको छ ।

लुम्बिनी, जनकपुरधाम, रामधुनी र भारतको अयोध्या तथा सीतामढीलाई जोड्ने ‘क्रस–बोर्डर टुरिजम’ प्याकेज सञ्चालन गरिने सरकारको योजना छ ।
पूर्वाधार विकासतर्फ प्रदेश गौरवका आयोजनालाई प्राथमिकता दिइने भएको छ । सडक, पुल, सिंचाइ, खानेपानी तथा बहुवर्षीय आयोजनालाई निरन्तरता दिइने तथा अधुरा आयोजना सम्पन्न गर्न विशेष ध्यान दिने सरकारको घोषणा छ ।

दुधमती, बागमती, कमला लगायत नदीमा तटबन्ध निर्माण, बाढी नियन्त्रण तथा नदी व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ । भूमिगत जलस्रोत संरक्षण, वर्षाको पानी सङ्कलन तथा चुरे संरक्षण कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ ।

सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने नीति पनि अघि सारेको छ । सरकारी तथा निजी प्रयोजनका लागि विद्युतीय सवारी खरिदलाई प्रोत्साहन गर्ने र सार्वजनिक–निजी साझेदारीमा चार्जिङ स्टेशन स्थापना गरिने उल्लेख गरिएको छ ।

सुशासनतर्फ सरकारले ‘पेपरलेस, क्यूलेस र फेसलेस’ सेवा प्रणाली लागू गर्ने घोषणा गरेको छ । प्रदेश तथा स्थानीय तहका सेवा एकीकृत अनलाइन प्रणालीमार्फत उपलब्ध गराइने र ‘नमस्ते मधेश एप’ तथा ‘हेलो सीएम’ पोर्टललाई गुनासो व्यवस्थापन प्रणालीका रूपमा विकास गरिने भएको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्ने सरकारको घोषणा छ ।

सार्वजनिक सेवा प्रवाह, खरिद प्रक्रिया र विकास आयोजनालाई पारदर्शी तथा प्रविधिमैत्री बनाइने नीति कार्यक्रममा उल्लेख गरिएको छ । साथै, अनुत्पादक खर्च कटौती, मन्त्रालयहरूको संरचना पुनरावलोकन तथा ‘राइटसाइजिङ’ मार्फत प्रदेश सरकारको सञ्चालन खर्च न्यूनतम बनाइने सरकारले जनाएको छ ।

 

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि