nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्दविरुद्ध आन्दोलन जारी

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०८३, ९:२१ मध्यान्ह
सिरहाको बरियारपट्टी छोटी भन्सार बन्दविरुद्ध आन्दोलन जारी

जेठ ९ गते । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । व्यापारी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले निर्णय फिर्ताको माग गर्दै निरन्तर विरोध प्रदर्शन गरिरहेका हुन् ।

स्थानीयका अनुसार पटक–पटक ज्ञापनपत्र बुझाउँदा, शान्तिपूर्ण आन्दोलन गर्दा र सरकारको ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएपछि आन्दोलन थप सशक्त बनाइएको हो । शनिबार बिहानदेखि बरियारपट्टी गाउँपालिका–३ स्थित छोटी भन्सार कार्यालयको मूल गेटअगाडि धर्ना कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । स्थानीयहरूले यस निर्णयले सीमावर्ती व्यापार, राजस्व संकलन, रोजगारी र स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको बताएका छन् ।

स्थानीयवासी देबलाल यादवका अनुसार भन्सार बन्द भएपछि सयौं व्यापारी, मजदुर तथा दैनिक रूपमा नेपाल–भारत आवतजावत गर्ने सर्वसाधारण प्रभावित हुने अवस्था सिर्जना भएको छ । आन्दोलनकारीहरूले मधेस र सीमावर्ती क्षेत्रप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको आरोपसमेत लगाएका छन् ।
धर्ना कार्यक्रमको नेतृत्व गरिरहेका वडा नम्बर–३ का अध्यक्ष विनोदकुमार यादवले राजस्व संकलन हुने कार्यालय बन्द गरेर सरकारले स्थानीय व्यापारलाई कमजोर बनाउन खोजेको आरोप लगाए । उनले सीमामा बसोबास गर्ने नागरिकका समस्याप्रति सरकार उदासीन बनेको टिप्पणी गरे ।

यसअघि आन्दोलनकारीहरूले वैशाख २३ गते जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । साथै वैशाख २४ गतेदेखि २८ गतेसम्म चरणबद्ध विरोध कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । तर निरन्तरको दबाबपछि पनि सरकारले चासो नदिएको भन्दै स्थानीयहरू थप आन्दोलित बनेका हुन् ।

बरियारपट्टी बजार व्यवस्थापन समितिका अध्यक्ष अमियकुमार यादवले सरकार जनताको आवाजप्रति संवेदनशील नभएको आरोप लगाए । उनले शान्तिपूर्ण आन्दोलन र ध्यानाकर्षणका प्रयासलाई बेवास्ता गरिएको भन्दै आगामी दिनमा आन्दोलन अझ कडा बनाइने चेतावनी दिए ।

धर्नाका क्रममा प्रदर्शनकारीहरूले ‘छोटी भन्सार फिर्ता गर’, ‘अर्थमन्त्री होसियार’, “जनताको माग पूरा गर’ तथा ‘सीमावर्ती क्षेत्रमाथिको विभेद बन्द गर’ जस्ता नाराबाजी गरेका थिए । स्थानीय व्यापारीहरूले सरकारले समयमै निर्णय फिर्ता नलिए थप कडा संघर्षका कार्यक्रम घोषणा गरिने बताएका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि