nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २८, २०८३, ७:५० मध्यान्ह
मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

धनुषा/बैशाख २८ गते । मधेस प्रदेशमा एचआइभी संक्रमणको अवस्था फेरि चिन्ताजनक बन्दै गएको देखिएको छ । पछिल्ला वर्षहरूमा संक्रमण नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि नयाँ संक्रमितको संख्या विस्तारै बढ्न थालेपछि स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् ।

स्वास्थ्य निर्देशनालय मधेसले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षमा एचआइभी परीक्षणको दायरा अघिल्लो वर्षको तुलनामा घटेको भए पनि पोजिटिभ देखिने दर भने उही स्तरमा कायम रहेको छ । यसले प्रदेशमा वास्तविक संक्रमितको संख्या अझ बढी हुन सक्ने संकेत गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय मधेसका सूचना अधिकारी राजवीर यादव का अनुसार गत आर्थिक वर्षमा धेरै व्यक्तिको परीक्षण गरिएको थियो र त्यतिबेला एचआइभी पोजिटिभ दर ०.६ प्रतिशत रहेको थियो । तर चालु आर्थिक वर्षमा परीक्षणको संख्या घट्दा पनि पोजिटिभ दर फेरि ०.६ प्रतिशत नै कायम रहनुले संक्रमण समुदायस्तरमा फैलिइरहेको अनुमान गर्न सकिने उनले बताए ।

उनका अनुसार राष्ट्रिय औसतसँग तुलना गर्दा मधेस प्रदेशको अवस्था अझै गम्भीर देखिएको छ । देशभर एचआइभी संक्रमणको औसत पोजिटिभ दर ०.५ प्रतिशत मात्रै रहेको अवस्थामा मधेसमा त्योभन्दा बढी देखिनु चिन्ताको विषय भएको उनले बताए ।

निर्देशनालयले उपलब्ध गराएको विवरणअनुसार मधेस प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी एचआइभी संक्रमित पर्सा जिल्ला मा रहेका छन् । पर्सामा हाल १ हजार ५ सय ४ जना संक्रमित रहेको तथ्यांकमा उल्लेख छ । त्यसपछि धनुषा जिल्ला मा ८ सय ८६, रौतहट जिल्ला मा ५ सय ४०, सर्लाही जिल्ला मा ५ सय ८, सिरहा जिल्ला मा ४ सय ५७, महोत्तरी जिल्ला मा ३ सय ७१ तथा बारा जिल्ला मा २ सय २२ जना एचआइभी संक्रमित रहेको जनाइएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार मधेस प्रदेशमा भारतसँगको खुला सीमा, वैदेशिक रोजगारी, सुरक्षित यौन व्यवहारबारे पर्याप्त चेतनाको अभाव, लाज र डरका कारण परीक्षण नगर्ने प्रवृत्ति तथा सामाजिक विभेद जस्ता कारणले संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ । अझै पनि धेरै मानिसहरू एचआइभी परीक्षण गराउन डराउने र संक्रमित पुष्टि भए पनि उपचारमा नियमित नआउने समस्या रहेको उनीहरूको भनाइ छ ।

यसैबीच AHF Nepal ले मधेस प्रदेशसहित देशका विभिन्न क्षेत्रमा एचआइभी संक्रमित समुदायसँग निरन्तर काम गर्दै आएको जनाएको छ । एएचएफ नेपालका कार्यक्रम संयोजक बिमल कुमार साह का अनुसार संस्थाले सन् २००९ देखि विभिन्न सरकारी अस्पतालहरूसँग सहकार्य गर्दै परीक्षण, उपचार, परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उनका अनुसार मधेस प्रदेशअन्तर्गत प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल सहित देशभरका १९ अस्पतालमार्फत एचआइभी सम्बन्धी सेवा उपलब्ध गराइँदै आएको छ । संक्रमितलाई नियमित औषधि सेवन, मानसिक परामर्श, सामाजिक सहयोग तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेका उनले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका सचिव डा. प्रमोद यादवले जनचेतनाको अभाव, अशिक्षा, वैदेशिक रोजगार तथा समयमै उपचार नगराउँदा संक्रमितको संख्या घट्न नसकेको बताए । जनकपुरधाममा मात्रै ८ सय एचआईभी संक्रमित हुनु चिन्ताजनक अवस्था भएको उल्लेख गर्दै उहाँले यसको न्यूनीकरणका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. जामुन सिंहले एचआईभीको उपचार सम्भव भएकाले डराउन नहुने, तर नियमित औषधि सेवन गर्नुपर्ने बताए । विगतमा एचआईभी संक्रमितलाई समाजले बहिष्कार गर्ने प्रवृत्ति रहे पनि अहिले उपचार सहज भएकाले समयमै परीक्षण र उपचार गराउन उनले आग्रह गरेका छ्न । कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, अजित प्रसाद पौडेल लगायतले आफ्नो धारणा राखेका थिए ।

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

उपत्यकाका सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न थप एक हप्ताको समयः २५ हजारको राहतमा असन्तुष्टि

उपत्यकाका सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न थप एक हप्ताको समयः २५ हजारको राहतमा असन्तुष्टि

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!