nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशमा ७७ प्रतिशत दलित माटोको घरमा बसोबास,जन्मदर उच्च

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ९, २०८२, ८:०२ मध्यान्ह

जनकपुरधाम/पुस ९ गते। राष्ट्रिय जनगणना २०७८ को तथ्यांक प्रतिवेदनअनुसार मधेश प्रदेशमा दलित समुदायको सामाजिक–आर्थिक अवस्था अत्यन्त कमजोर रहेको देखिएको छ। आर्थिक तथा भौतिक सूचकहरू कमजोर भए पनि दलित समुदायमा बच्चा जन्माउने दर भने औसतभन्दा बढी रहेको तथ्यांकले देखाएको छ।

बुधबार जनकपुरधाममा दलित महिला संघ र राष्ट्रिय तथ्यांक कार्यालयको संयुक्त आयोजनामा सम्पन्न ‘दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक तथ्यांकसम्बन्धी अन्तरसंवाद’ कार्यक्रममा उक्त तथ्य सार्वजनिक गरिएको हो।

अन्तरसंवादमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रतिनिधि विनोद शरण आचार्यले प्रस्तुत गरेको तथ्यांकअनुसार मधेश प्रदेशमा बसोबास गर्ने दलित समुदायको आर्थिक सम्पन्नता सूचकांक ४०.७ प्रतिशत मात्र रहेको छ भने बच्चा जन्माउने दर तीन सन्तानभन्दा बढी रहेको पाइएको छ। प्रस्तुत विवरणअनुसार प्रदेशका ७७.९ प्रतिशत दलित समुदाय माटोको घरमा बसोबास गर्दै आएका छन्। त्यस्तै, १७.१ प्रतिशत दलित समुदाय धारा वा हातेपाइपको पहुँचबाट वञ्चित छन् भने २४.६ प्रतिशतसँग शौचालयको सुविधा नभई खुला स्थानमै शौच गर्न बाध्य छन्। आफ्नै सवारी साधन हुने दलित समुदायको प्रतिशत मात्र १ रहेको तथ्यांकले देखाएको छ।

यसैगरी, ६८ वर्षभन्दा बढी आयु पुगेका दलित समुदायको हिस्सा ३.६ प्रतिशत मात्र रहेको छ भने उच्च सम्पन्नताको सूचीमा पर्ने दलित समुदायको प्रतिशत २.२ मात्र रहेको छ। वक्ताहरूले मधेश प्रदेशमा दलित समुदाय आर्थिक, सामाजिक तथा सांस्कृतिक सबै क्षेत्रमा पछाडि परेको र उनीहरूका लागि लक्षित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरे।

दलित महिला संघकी मधेश प्रदेश अध्यक्ष गीता दासको अध्यक्षतामा सम्पन्न अन्तरसंवाद कार्यक्रममा मधेश प्रदेश सभामुख रामअशिष यादवले सम्बोधन गर्दै सामाजिक न्याय स्थापना गर्न दलित समुदायको अवस्था सुधार अत्यावश्यक रहेको बताए। उहाँले भन्नुभयो, “दलित समुदायको शिक्षा क्षेत्रमा पहुँच नबढेसम्म लोकतन्त्र समृद्ध हुन सक्दैन।”

सभामुख यादवले राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको तथ्यांक सन्तोषजनक नरहेको टिप्पणी गर्दै समृद्ध प्रदेश निर्माणका लागि दलित समुदायलाई सबै क्षेत्रमा सक्षम र आत्मनिर्भर बनाउनेतर्फ राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

तथ्यांकीय प्रतिवेदनअनुसार मधेश प्रदेशमा दलित समुदायको जनसंख्या १६.६ प्रतिशत रहेको छ। प्रतिवेदनमा दलित समुदायको जनसंख्या, साक्षरता दर, महिलाको संख्या, स्वास्थ्य अवस्था, रोजगारी, मातृ मृत्युदरलगायतका सूचकहरू अघिल्ला अनुमानभन्दा फरक देखिएको जनाइएको छ।

कार्यक्रममा मधेश प्रदेश सभासद् ललिता दास, नीति तथा योजना आयोगका सदस्य रामचन्द्र यादव, इन्सेकका राजु पासमान, राष्ट्रिय दलित पत्रकार संघका मधेश प्रदेश अध्यक्ष कैलास दास, मानव अधिकारकर्मी विनोद महरा, दलित महिला संघ धनुषाकी अध्यक्ष सरस्वती मण्डल, किरण दासलगायतले दलित समुदायको अवस्था सुधारका लागि नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याएका थिए भने नागरिक समाजका प्रतिनिधि, दलित अधिकारकर्मी, महिला अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको  सहभागिता रहेको थियो।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!