nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशी सहिद प्रतिष्ठानद्वारा प्रदेश सरकारको ध्यानाकर्षण, माग पूरा नभए आन्दोलनको चेतावनी

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ९, २०८२, ७:०२ मध्यान्ह
मधेशी सहिद प्रतिष्ठानद्वारा प्रदेश सरकारको ध्यानाकर्षण, माग पूरा नभए आन्दोलनको चेतावनी

जनकपुरधाम/पुस ९ गते। मधेशी सहिद प्रतिष्ठानले सहिदहरूको बलिदानबाट स्थापना भएको मधेश प्रदेश सरकारले प्रतिष्ठानको मर्म र उद्देश्यअनुसार कामकाज नगरेको आरोप लगाउँदै प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

प्रतिष्ठानका पदाधिकारीहरूले शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै विगतमा प्रतिष्ठानका लागि पर्याप्त कार्यक्रम तथा बजेट विनियोजन हुँदै आए पनि चालु आर्थिक वर्षमा विनियोजित थोरै बजेटसमेत कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्य तथा सहिद परिवारका सदस्य शुभम् यादवले विगतका वर्षहरूमा प्रतिष्ठानका लागि १०–१२ करोड रुपैयाँ बजेट विनियोजन हुने गरेको भए पनि यस वर्ष केवल २ करोड रुपैयाँ मात्र छुट्याइएको र सो बजेटअनुसारका कार्यक्रमसमेत सञ्चालन गर्न नदिइएको बताउनुभयो। उहाँले सङ्घीयताको आन्दोलनका क्रममा शहादत दिएका सहिद परिवारको समग्र हितका लागि गठन भएको प्रतिष्ठानलाई राज्यले पङ्गु बनाउने प्रयास गरेको आरोप लगाउनुभयो।

यादवका अनुसार प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा सदस्यहरूले हालसम्म कुनै पनि प्रकारको सेवा सुविधा पाउन सकेका छैनन्। सहिदको नाममा भाषण गर्ने तर सहिद परिवार तथा घाइतेहरूको वास्तविक अवस्था के छ भन्नेबारे राज्यले कुनै चासो नदेखाएको उहाँको भनाइ छ।

प्रतिष्ठानले ‘एक सहिद परिवार, एक रोजगार’ कार्यक्रम कार्यान्वयन नगरिएको, सहिद परिवारका आश्रित सन्तान तथा छोराछोरीको शिक्षा–दीक्षामा समेत सरकारले आवश्यक ध्यान नदिएको आरोप लगाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै सहिद परिवारहरूले शनिबार अर्थात् ११ गतेसम्म आफ्ना मागहरू सम्बोधन नभए आइतबारदेखि आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। मधेशी सहिद प्रतिष्ठानसँग हाल करिब १ हजार १ सयभन्दा बढी सहिद परिवार आबद्ध रहेको जानकारी पनि पत्रकार सम्मेलनमार्फत दिइएको छ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!