महोत्तरी/जेठ १९ गते। मटिहानी नगरपालिका वडा नं. १ को वडास्तरीय स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय माध्यमिक विद्यालय, सिरसियामा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ। आज सम्पन्न सो कार्यक्रम मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र वडा नं. १ का वडा अध्यक्ष शिव शंकर रायको संयुक्त पहलमा सम्पन्न भएको हो।
विद्यालयका प्रधानाध्यापक राम श्रेष्ठ ठाकुरका अनुसार सो विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत १९६ जना छात्र र २०९ जना छात्रा, गरी जम्मा ४०५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो। कार्यक्रममा मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीश कुमार मिश्र, विद्यालय व्यवस्थापन समितिका सदस्य बेचन मण्डल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता मुसाफिर सहनी, विद्यालयका शिक्षक–शिक्षिका, स्थानीय अभिभावक तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो। विद्यार्थीहरूको शैक्षिक पहुँचमा सुधार ल्याउने उद्देश्यले वितरण गरिएको पोशाक कार्यक्रमप्रति स्थानीयवासी र अभिभावकले प्रशंसा प्रकट गरेका छन्।














Discussion about this post