nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख १५, २०८२, १०:१४ मध्यान्ह
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल

बैशाख १५ गते। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारहरुबिच दर्बिलो समन्वय आवश्यक रहेको बताएका छन् । सोमबार मधेस प्रदेशको बर्दिबासमा आयोजीत सङ्घीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती विषयक छलफल तथा अन्तर प्रदेशिय एकता र भिन्नता विषयक भौतिक मन्त्रीहरूको अन्तर प्रादेशिक छलफललाई सम्बोधनका क्रममा उनले एक अर्को सरकारबिच दर्बिलो विश्वास र समन्वयले मात्र विकास निर्माणलाई गति दिन सक्ने बताएका हुन् ।

संविधानले निर्दिष्ट गरेका अधिकारहरूको कार्यान्वयनमा प्रदेश तथा स्थानीय सरकार हिचकिचाउन नहुने भन्दै आफ्नो क्षमता विकास गर्दै अधिकारहरूको कार्यान्वयनतर्फ जुट्न समेत उनले प्रदेशका मन्त्रीहरूलाई आह्वान गरे। सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन सके विकास निर्माणले पनि गति लिने भन्दै मन्त्री दाहालले अब सङ्घीय सरकारले अधिकार दिएन भनेर वा प्रदेश सरकारहरूले काम गर्न सकेनन् भनेर अल्मलिने बेला नभएको पनि उनले बताए ।

‘कुन तहको सरकारको के अधिकार र जिम्मेवारी हो संविधानले प्रस्टै व्यवस्था गरेको छ’ मन्त्री दाहालले भने- ‘यति हुँदा पनि हामी अलमलियौँ र अधिकार दिने–लिने मात्र कुरा गरिरहयौँ भने सङ्घीयताको कार्यान्वयन संवैधानिक मर्मअनुसार हुँदैन । त्यसैले अब अलमलिएर होइन, प्रस्ट भएर विकास निर्माणलाई गति दिन जरुरी छ ।’

सङ्घीयता र गणतन्त्रले के दियो भनेर नागरिकलाई भ्रम फैल्याउन खोज्नेहरू सलबलाउन थालेको भन्दै उनले सङ्घीय गणतन्त्रका उपलब्धिहरू नागरिकसम्म पुर्‍याउन पनि जरुरी रहेको बताए । साबिकको एक मात्र पूर्वपश्चिम राजमार्ग एसियन मापदण्ड अनुसार विस्तार भइरहेको, अरू तीनओटा पूर्वपश्चिम राजमार्गहरू तीव्र रूपमा बनिरहेको, उत्तर–दक्षिण करिडोरहरुले त्रिदेशीय व्यापार प्रवर्द्धनको ढोका खोलिरहेको, ग्रामीण दुर्गम क्षेत्र सम्म सडक सञ्जाल पुर्‍याइएको जस्ता विषयलाई कसैले पनि नजरअन्दाज गर्न नहुने उनको भनाइ थियो ।

गणतन्त्र आएपछि नै समाजमा रहेका विभेदहरू अन्त्य हुँदै गएको, पिछडिएको समुदाय र भूगोलको शासन व्यवस्थामा पहुँच स्थापित भएको, सूचना प्रविधि–शिक्षा र स्वास्थ्यको पहुँच अभिवृद्धि भएको उल्लेख गर्दै मन्त्री दाहालले सङ्घीयता र गणतन्त्रलाई अझ उन्नत र जनमुखी बनाउन सबै एक हुनुपर्ने बताए। बैठक मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको हो । कार्यक्रममा सातै प्रदेशका भौतिक पूर्वाधार सम्बन्धी मन्त्रीहरू सहभागी रहेका थिए । रातोपाटी बाट

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक: मन्त्रालय घटाउँदा २० अर्ब बचत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!