nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जब ड्राइभरको भेषमा मुख्यमन्त्री सिँह लाइन होटलमा पसे

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १५, २०८१, २:११ मध्यान्ह
जब ड्राइभरको भेषमा मुख्यमन्त्री सिँह लाइन होटलमा पसे

जनकपुरधाम/चैत १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बिहीबार अबेर साँझ धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० लालगढका पाँचवटा लाइन होटल अनुगमन गरेका छन् ।

रात्रीबसका यात्रुहरूका लागि खानाखाजा खाने बिसौनी रहँदैआएको लालगढका होटलमा बासी तथा गुणस्तरहीन खाना खुवाउने गरिएको र बाध्यतावश यात्रुले महँगो दरमा भोजन गर्नुपरेको गुनासो चुलिएपछि मुख्यमन्त्री सिँह नेतृत्वको टोलीले बिहीबार राति ९ बजे ती होटल अनुगमन गरेका हुन् ।
निजी नम्बर प्लेटको माइक्रो बसमा अनुगमन टोलीका सदस्य र सुरक्षाकर्मीसहित सादा पोशाकमा होटलमा पुगेका मुख्यमन्त्रीले यात्रुलाई खाना खुवाएबापत चालक तथा परिचालकलाई दिइने कमिसनबापतको रकम र रकम दिने तरिकाबारे सञ्चालकसँग कुराकानी गरेका थिए । त्यसक्रममा सञ्चालकले खाना खाने यात्रुको सँख्याका आधारमा दैनिक, साप्ताहिक, मासिक वा दुवै पक्षबीचको सहमतिअनुसार निश्चित दिनको अन्तरालमा कमिसन दिन सकिने मुख्यमन्त्री सिँहलाई बताएका थिए ।

कमिसनका कारण रात्रीबस चालकहरूले कमसल खाना खुवाउने राजमार्गका होटलहरूमा बस रोक्ने गरेका छन् । ती होटलमा यात्रु र बसका चालक तथा परिचालकका लागि पस्किने गरेको खानाको गुणस्तरबीच भिन्नता रहने गरेको पाइएको छ ।
मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार केही दिनयता जनकपुरधामबाट सुरु भएको होटल अनुगमनको निरन्तरताकै क्रममा लालगढमा मुख्यमन्त्री सिँहसहितको टोलीले बिहीबार अनुगमन गरेको बताए । उननले खाद्य सुरक्षा तथा स्वच्तछता कायम गर्ने उद्देश्यले मुख्यमन्त्री सिँहको निर्देशनमा प्रदेश तथा सङ्घ सरकारका संयन्त्र र नागरिक समाज सम्मिलित टोलीले होटल अनुगमन सुचारु रहेको जानकारी दिए ।

बिहीबार राति अनुगमन गरिएका पाँचवटा होटलहरूमा होटल ग्रीन हाउस, होटल कोशी, दिदिभेना होटल, गिरी होटल एण्ड खाजाघर र होटल लालगढ लालीगुराँस छन् । अनुगमनमा प्रायः होटलका भान्साघर फोहर देखिएका, दालमा दालका दाना नभई बेसारपानी रहेको, सागसब्जी नकेलाई पकाइएको, माछामासु पकाइएको समय यकिन गर्न नसकिएको, होटलमा अत्यधिक भिडका कारण कसले के खाए भन्ने ठम्याउन नसकिने अवस्था रहेकाले नखाएकै वस्तुका लागि ग्राहकले पैसा तिर्न बाध्य हुनुपर्ने देखिएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले जानकारी दिए ।

उनका अनुसार ती होटलमा जारको पानी नदिई बोतलको पानी किन्न उपभोक्तालाई बाध्य बनाइएकाले जारको पानी अनिवार्य रूपमा उपलब्ध गराउन र अंकित मूल्यभन्दा बढीमा बिक्री नगर्न तथा माग गरेका ग्राहकलाई मात्रै पानीको बोटल दिन होटल सञ्चालकलाई निर्देशन दिइएको छ ।

म्याद गुज्रेका कुनै पनि समान तथा अंकित मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न होटलनजिकका पसलहरूलाई समेत निर्देशन दिइएको छ । साथै शौचालयको सरसफाइमासमेत ध्यान दिन निर्देशन दिइयो ।

होटल सञ्चालकलाई शाकाहारी र मांसहारी खाना छुट्टयाएर राखी मात्रै गाहकलाई दिन, सबै कामदारलाई हेयरनट र युनिफर्ममा रही सफासुघर भई सेवा दिन निर्देशन दिइएको छ ।

अर्कोपटक अनुगमनसम्म अवस्थामा सुधार नआए होटल तथा पसलहरू बन्द गरी कारबाही हुने चेतावनी समेत होटल सञ्चालकहरूलाई दिइएको भइजाने समेत निर्देशन दिइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख साहले बताए ।
संयुक्त बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, साना उद्योग तथा घरेलु कार्यालयका प्रतिनिधि तथा सुरक्षाकर्मीको सहभागिता थियो ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!