nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

किशोरीहरुको क्षमता विकासका लागि ३ दिने यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि तालिम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १३, २०८१, ११:१२ बिहान
किशोरीहरुको क्षमता विकासका लागि ३ दिने यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि तालिम सम्पन्न

सिरहा/संजू कुमारी दास/चैत १३ गते। गोलबजार नगरपालिकाको १३ औं वडाका ३० जना किशोरी हरुको सहभागितामा उनीहरुको आफ्नै शरीरको भित्रि र बाहीरी विभिन्न प्रजनन् अंगहरुबारे गहीरीएर बुझ्न र त्यलाई स्वस्थ्य राख्ने सीपको विकाश होस् भनी मुक्ति नेपाल गोलबजारले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि ३ दीने तालिम सम्मपन्न गरेको छ ।
उक्त कार्यक्रममा लिंङ्ग र लैङ्गिकता भनेको केहो ? लैङ्गिक हिंसा भनेको के हो ? यो कती प्रकारको हुन्छ ? हाम्रो समाजमा व्याप्त हानीकारक परम्परागत सामाजिक अभ्यासहरु के कस्तो छ, यसले महिला वा किशोरीहरुको स्वास्थ्यमा कसरी असर पारी रहेको छ ? विषयमा मुक्ति नेपालकी अभ्यक्ष देवकुमारी महराले विस्तृत रुपमा छलफल गरी किशो्रीहरुलाई यस्ता कुराहरुबारे सचेत गराउनु भएको थियो भने, किशोरा अवस्था र प्रजनन् स्वास्थ्य, महिना बारी र स्वच्छता,गर्भ पतन र कानुनी प्रावधान बारे जनकारी गराउदै यस अवस्थामा हुने शारिरीक परिवर्तनका साथै मानसिक वा सम्वेगात्मक र सामाजिक परिवर्तन, यौन व्यवहार र यौन दुर्वेयवहार के हो ? यसका प्रकार हरु र हाम्रो समाजमा रहेको अभ्यास हरु, किशोरा अवस्थामा हुने मानसिक समस्या, सामाजिक अवस्था र मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन गर्ने उपायहरु बारे पनि छलफल गरीएको थियो ।

कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि गोलबजार नगरपालिका की नगर उप प्रमुख मानती साहले यस प्रकारका तालिम हाम्रो समाजमा अति आवश्यक रहेको र यहाँ सिकेका कुराहरु सबै किशोरीहरु आफ्नो व्यवहारमा पनि लागु गर्नु आवश्यक रहेको बताउदै समाजमा रहेको अभ्यासले गर्दा धेरै विवाह, भागि विवाह हुने भएकोले यस प्रति पनि सचेत हुन किशोरीहरुलाई आग्रह गर्नु भयो साथै कुनै पनि समस्या परेमा निर्धक्क भई नगरपालिकामा आएर आफ्नो समस्या राख्न पनि बताउनु भयो र त्यस्ता समस्याका सामाधानका लागि हामी छौं हामी सक्दो सबै प्रयास गर्ने छौ भनी प्रतिबद्धता जनाउनु भयो ।
प्रशिक्षक तेज कुमारी श्रेष्ठले भन्नु हुन्छ वास्तवमा यस्ता कुराहरु पाठ्यक्रममा समावेश भए पनि खुलेर बुझाउने चलन हाम्रो घर र विद्यालयहरुमा छैन जसले गर्दा प्रजनन् स्वास्थ्यलाइ हेर्ने हो भने सयमा तीन वा चार प्रतिशत महिला मात्र पुर्णरुपमा स्वस्थ्य रहेको एउटा तथ्याङ्कले देखाएको छ । त्यसैले यस विषयमा किशोर किशोरी र अभिभावक पनि जानकार हुनु जरुरी छ ।

मुक्ति नेपालकी मनो विमर्शकर्ता कामना साहले भन्नु हुन्छ प्रायः किशोरी हरु आफ्नो समस्या हरु पोख्ने ठाउ न पाएर भित्र भित्रै राखेर, पछि ठुलो मनोसामाजिक समस्यामा पर्ने गरेको हुन्छ र हाम्रो समाजमा त्यसलाइ भुत पे्रत लाग्यो भनी अंधविश्वासमा परेर सही परामर्श र उपचारको अभावले यस्ता समस्या झन् बढेर गई रहेको अवस्था छ । त्यसैले यस्ता कुराहरुमा हामी सबै लाग्नु आवश्यक छ ।

त्यस्तै मनोविमर्शकर्ता शशी यादव भन्नु हुन्छ, किशोरीहरुले आफ्नो समस्या सेयर गर्दा प्रायः गोपनियता भंग हन्छ की ? भन्ने डरले भन्दै न भनेको अवस्थाहरु हेर्दै आएकी छु जसले किशोरीहरु मात्रै न भई यस्ता समस्यामा महिला, पुरुष, युवा, बृद्ध सबै प्रभावित भएको देखिन्छन् । अहिले प्रतेक पालिकामा मनोपरामर्श कर्ता छन् । त्यसैले समस्याका लक्षणहरु देखिन बित्तिकै मनोविमर्श सेवाका लागि परामर्श कर्ता संग परामर्श लीइ, उचीत ठाउमा सल्लाह अनुरुप उपचार पनि गराउनु पर्ने हुन्छ ।

गोलबजार ९ डण्डाकी किशोरी सपना पासमानले हामीलाई यस्ता कुरा न घर मा कसैले भनेको थियो न स्कुलमानै, पैड प्रयोग गरेपछि त्यसलाई व्यवस्थापन गर्न सबै भन्दा राम्रो उपाउ जलाउनु हो भनी हामीले बुझ्यौ तर हाम्रो गांवमा महिनाबारी भएको समयमा प्रयोग गरेको वस्तु जलाउनु हुदैन, त्यस्तो गरेमा बाझोपन हुन्छ भनी हाम्री आमालेनै भन्नु हुन्छ । हामीले यस्तो हुदैन त्यो फोहोर फैलाउनु भन्दा जलाए केही हुदैन भने पनि हाम्रो कुरा मान्दैन । र हामी पनि आमा बाबाको कुरा सही भए पनि गलत भए पनि मान्न बाध्य हुन्छौं ।

गोलबजार ४ चौहर्वा की रुबी महतोले हामी अहिले सम्म यस्ता तालिम कतै पनि लिएकै थिएन । म एकदमै खुशी छु की म यस तालिममा सहभागि हुन पाए । आगामी दीनमा पनि यस्तै अन्य विषयहरुमा अझै तालिमको अपेक्षा छ । मनोसामाजिक समस्याको उपचारका लागि साइकेटीस डाक्टर सिरहा जिलामा सामुदायिक अस्पतालहरुमा आवश्यक छन् तर हाम्रो जिलामा अभाव रहेको बुझे । लाहानको प्रदेशिक अस्पतालमा सप्ताह को एक दीन बुधबार मात्र, बस्नु हुन्छ भन्ने कुरा थाहा पाए । त्यसैले हाम्रो पालिकामा पनि यस्ता व्यवस्था हुनु पर्छ भनी माग गरेकी थिइन ।
तालिम को तीनै दीन सहजकर्ता को रुपमा मुक्ति नेपालका कार्यक्रम संयोजक बिशेश्वर दास, कार्यक्रम तथा अभिलेखन अधिकृत संजु कुमारी दास, सामाजिक परिचालक अंजली मण्डल, सुरज साह लागायतको टीमले किशोरीहरुलाई सहजता महसुस होस् भनी विभिन्न खेल, अन्तरक्रिया र मनोरन्जन गराइ तालिमलाई सक्रिय रुपमा चलाई समापन गरीएको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि