गिरिजानन्द साह/जनकपुरधाम/चैत ११ गते। नेपालका लागि भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासको संयुक्त आयोजनामा जनकपुरधाम स्थित महेंद्र नारायण निधि मिथिला संस्कृतिक केन्द्रमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भारतको प्रसिद्ध मयुरभाँज छाउँ नृत्य प्रदर्शन गरिएको थियो, जसले उपस्थित दर्शकलाई मोहित बनायो।

भारतीय बाणिज्य महादूतावास वीरगंज का बाणिज्य महादूत देवी सहाय मीना मधेश प्रदेश का मुख्यमंत्री सतीश कुमार सिंह, मधेश प्रदेश का सभाभुख राम चंद्र मंडल तथा शिक्षा तथा संस्कृति मंत्री रानी शर्मा लाई पुस्पगुच्छा सहित सम्मानित गरेका थियो।
उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह, सभामुख रामचन्द्र मण्डल, मधेश प्रदेशका सांसदहरु,मधेश प्रदेश का पूर्व प्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्व मंत्री सुरीता साह,चंदन सिंह, सांसद किरण साह,जनकपुरधाम का मेयर मनोज कुमार साह, पूर्व मेयर बजरंग साह, हिन्दी भाषा अभियानी तथा मधेशवादी नेता रमन पांडेय, मैथिली विकास कोष के अध्यक्ष जीव नाथ चौधरी लगायत विभिन्न सरकारी निकायका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सहभागीहरूले यस्ता कार्यक्रमहरूले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।




















Discussion about this post