विष्णुदेव सरदार/सिराहा/ चैत १० गते । भोलि (चैत ११ गते) सोमबारदेखि तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता-२०८१ सुरु हुन गईरहेको छ । आज पत्रकार सम्मेलन गरि आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले जानकारी गराएका छन् । अध्यक्ष चौधरीका अनुसार भोलि चैत ११ गते सोमबार दिउँसोबाट मेयर गोल्डकप फुटबल प्रतियोगिता खेलको समुदघाटन हुने बताएको छ।
सो, खेलमा विभिन्न जिल्लाका १० टीम सहभागी हुदैछ । चैत २० गते सम्म खेल चल्नेछ । प्रथम पुरस्कार नगद राशी २ लाख ११ हजार र द्वितीय पुरस्कार १ लाख ११ हजार राखिएको छ ।
७ वटा विद्या दिईने अन्य नगद पुरस्कारका लागि ६२ हजार राखिएको छ । उदघाटन खेल झापा र बारा एपीएफबीच हुनेछ । लहान नगरपालिकाले आर्थिक सहयोग गरेका छन् ।
यता , आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले भने उक्त फुटबल खेल प्रतियोगिता शुरु देखि अन्त्यसम्म लहानको पशुपति आदर्श उच्च माविको प्राङ्गणमा हुने भएको छ। खेलको सबै कार्यतालिका पूरा भईसकेको जानकारी गराइएको छ।




















Discussion about this post