nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

इन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिक

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन ७, २०८१, ८:३७ मध्यान्ह
इन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिक

धनुषा/फागुन ७ गते। मधेस प्रदेशमा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा २ हजार ३ सय ४९ जना पीडित भएको तथ्याङ्क अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले ०८१ फागुन ७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानले सन् २०२४ मा अभिलेख गरेको घटनामा मधेस प्रदेशमा २ हजार ३ सय ९९ जना पीडित भएको बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ र मधेस प्रदेशको मानव अधिकार अवस्था छलफल कार्यक्रममा उहाँले अभिलेखित घटनामध्ये राज्य पक्षबाट ११ जना महिला र ३९ जना पुरुष गरी ५० जना पीडित भएको उल्लेख गर्नु भयो । त्यस्तै अन्य पक्षबाट २ हजार २ सय २५ महिला र १ सय २४ जना पुरुष गरी २ हजार ३ सय ४९ जना पीडित भएको प्रतिवेदन उहाँले प्रस्तुत गर्नु भएको थियो ।

गएको वर्ष अर्थात सन् २०२३ मा राज्य पक्षबाट १५ महिला ६४ पुरुष गरी ६९ जना पीडित भएका थिए भने अन्य पक्षबाट ९ सय ७७ महिला र १ सय ३६ पुरुष गरी १ हजार १ सय १३ जना पीडित भएका थिए । गत वर्षको तुल्नामा सन् २०२४ मा राज्य पक्षबाट भएको घटनामा कमी आएपनि अन्य पक्षबाट भएको घटनामा वृद्धि भएको प्रदेश संयोजक पासवानको भनाई थियो ।

सन् २०२४ मा बालअधिकारका घटनामा १ सय ६२ बालिका र १८ बालक गरी १ सय ८० जना बालबालिका पीडित भए । जसमध्ये बलात्कार घटनामा १ सय ३१ बालिका, यौन दुव्र्यवहार घटनामा २२ बालिका र एक बालक, बचेविखन घटनामा ५ बालिका र ११ बालक, बालविवाह घटनामा ३ बालिका र एक बालक पीडित भएको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष आर्थात सन् २०२३ मा १ सय ५८ जना बालबालिका पीडित भएका थिए ।

सन् २०२४ मा महिला अधिकार घटनामा २ हजार २२ जना पीडित भए । जसमध्ये महिला बेचविखनका घटनामा ११ तथा प्रयासका घटनामा १, बलात्कार घटनामा ९८, बलात्कार प्रयासका घटनामा ६५, यौन दुव्र्यवहार घटनामा ६, दाइजो घटनामा १ सय ९१, घरेलु हिंसाका घटनामा १ हजार ५ सय ४७, बहुविवाहका घटनामा ६०, बोक्सी घटनामा १९ र साइवर अपराधका घटनामा ६ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा ६ सय ७६ जना महिला पीडित भएका थिए ।

परिवार जनबाटै सन् २०२४ मा मधेस प्रदेशमा १८ जना महिलाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ मा जातीय छुवाछुतका घटनामा ५ जना पीडित भएको प्रतिवेदनमा भनिएको छ । शारिरीक हिंसामा प्रतिविम्वित हुने मानव अधिकार उल्लंघनको समग्र सूचकांक (अंक) का आधारमा सन् २०२४ मा मधेस प्रदेश तेस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । बागमती प्रदेश ६६.१८ सूचकांक मुल्यसहित सबैभन्दा उच्च स्थानमा छ भने दोस्रो स्थानमा लुम्बिनी प्रदेश ४१.८६ र तेस्रो स्थानमा मधेस प्रदेश ३७.१७ सुचकांक मूल्यसहित रहेको छ ।मानव अधिकार उल्लंघनको समग्र सूचकांकको आधारमा मधेस तेस्रोमा रहेपनि मधेस प्रदेश तीन सूचक अपहरण, हत्या र धम्की को सन्दर्भमा पहिलो स्थानमा रहेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ ।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले नेपाल मानव अधिकार वर्ष पुस्तक मार्फत आम जनमानस र सरोकारवाला निकाय समक्ष पस्कनु पनि ठूलो चुनौति रहेको उल्लेख गर्नु हुँदै यस चुनौतिलाई व्यवस्थापन गर्नु महत्वपूर्ण कार्य भएको बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तक नागरिककको मानव अधिकारको समीक्षा गर्दै अगाडि बढ्ने दस्तावेज भएको हुँदा यो पुस्तक महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । नागरिकको वातावरणीय तथ्य तत्यांक अभिलेख गर्नु चुनौति रहेकोले वातावरणको सवाललाई इन्सेकले वर्ष पुस्तकमार्फत उठान गर्नु महत्वपूर्ण कार्य भएको उहाँले उल्लेख गर्नु भयो ।

सरकारबाट हुने मानव अधिकारको कार्य सम्पादन र मानव अधिकार घटना अभिलेखन कार्यले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुका साथै यसको व्यवस्थामा सरकारलाई झकझाउने काम गरेको उहाँले बताउनु भयो । मधेस प्रदेशमाा भेदभावका घटना अन्य प्रदेश भन्दा बढी भएको र पीडितले न्याय नपाउने गरेको जनगुनासो रहेको हुँदा पीडितको पीडा सम्बोधन हुने गरी सम्बन्धित न्यायिक निकायले कार्य सम्पादन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

मधेस प्रदेश खेल कुद ता समाज कल्यााण मन्त्रालयका उपसचिव देवकुमारी महिला हिंसाका घटना समाजमा लुकाउने प्रवृतिका कारण कतिपय महिला हिंसाका घटना बाहिर आउन नसकेको बताउनु भयो । जीवन निर्वाह गर्नका लागि मानव अधिकारका आधारभूत आवश्यकता सुनिश्चित हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले नेपालमा तीन तहको सरकारको संरचना भएपनि नागरिकले सहज रुपमा मानव अधिकारको प्रत्याभूति गर्न नसकेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले इन्सेकले नागरिकको मानव अधिकारका सवाललाई उठान गर्दै सरकार र सम्बन्धित पक्षलाई मानव अधिकारप्रति उत्तरदायि बनाउने गरेको कार्य सराहनीय रहेको बताउनु भयो । नागरिकको वातावरणीय अधिकारका क्षेत्रमा पनि इन्सेकले अब कार्य गर्न वहाँले सुझाव दिनु भयो ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!