nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा उत्कृष्ट: देशमै टपटेनको सूचीमा

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन ६, २०८१, ५:४० मध्यान्ह
प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा उत्कृष्ट: देशमै टपटेनको सूचीमा

सञ्जय मिश्रा/रौतहट/फागुन ६ गते। रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल मधेश प्रदेशमै उत्कृष्ट बनेको छ भने देशको टपटेन अस्पतालको सूचीमा पर्न सफल भएको छ।

मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम् सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षणपछि कार्यसम्पादन मूल्यांकनको आधारमा उक्त घोषणा गरिएको हो।

प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिशत नम्बर ल्याएर मधेश प्रदेश को ६ वटा प्रादेशिक अस्पतालमध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये टपटेनमा पर्न सफल भएको मेडिकल सुपरीटेन्डेन्ट डा. मुरारी ठाकुरले न्युज कारखानालाई बताए।

प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम् सेवा मापदण्ड कार्वान्यन कार्यक्रमलगायत विभिन्न निकायका सात सदस्यीय टोलीले आइतबारदेखि प्रादेशिक अस्पताल गौरको सूक्ष्म तरिकाले छड्के अनुगमन निरीक्षण सुरू गरेको थियो।

अनुगमन निरीक्षणपश्चात सोमबार साँझ अस्पतालको सभाकक्षमा टोली प्रमुख नर्सिङ प्रशासक नवौं तह सुनिता गुप्ताको अध्यक्षतामा एक विशेष कार्यक्रमको आयोजना गरी नम्बरिङको निष्कर्ष निकालिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले बताएका छन्।

न्यूनतम् सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामीसँग गर्ने व्यवहार,भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अपरेसन कक्ष, शौचालयको अवस्था, सरसफाई, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको अध्यक्ष हासमीले जानकारी दिएका छन्।

कार्यक्रममा बक्ताहरूले केही समयअघिसम्म जिल्ला गौर प्रादेशिक अस्पताल रेफरल अस्पातालको नामले परिचित भएको थियो। तर वर्तमान अस्पताल विकास समितिका अध्यक्ष हासमी, मेडिकल सुपरीटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर यो पहिचान कायम गर्न सफल भएको बताएका थिए।

कार्यक्रममा जिल्ला प्रसान कार्यालय रौतहतका प्रशासकिय अधिकृत मनिष झा, मेसु डाक्टर ठाकुर, अध्यक्ष हासमी,स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, मधेस प्रदेश एम एम एस स्कोरिङ टिमका पदाधिकारीहरू लगायत अस्पतालको सम्पूर्ण कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रादेशिक अस्पताल गौरमा यस आर्थिक वर्षको सात महिनामा बिभिन्न जटिल अपरेसन, सघन सेवासहित ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ। गत साउनदेखि माघ मसान्तसम्म २६ हजार ९६३ अपिडी र १७ हजार ३३१ इमरजेन्सी बिरामीको उपचार भएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ। उक्त अवधिमा १३ हजार ९५८ बिरामीको रगतलगायत विभिन्न परीक्षण,७ हजार ४९८ जनाको एक्सरे भएको छ।

त्यस्तै, २३ सय ५७ गर्भवती महिलाको नर्मल सुत्केरी र ४२६ जनाको पेटको अपरेसन गरेर सुत्केरी भएको अस्पतालका सर्जन डाक्टर शम्भुकुमार साहले बताएका छन्। त्यसैगरी, ६७ जना बिरामीको हड्डी सम्बन्धी अपरेसन, ६६ जनाको अन्य अपरेसन,२१ जना बिरामीलाई विभिन्न रोगविरुद्ध थेरापी, अन्य ८५ जना जटिल रोगको उपचार गरिएको उनले जानकारी दिएका छन्।

त्यस्तै, प्रादेशिक अस्पताल गौरमा पछिल्लो समय किड्नी सम्बन्धी बिरामीको डायलासिस सेवासमेत सुरू भएको छ। अस्पतालमा रहेको तीन वटा मेशिनको सहयोगले दैनिक बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म १५ जना बिरामीको डायलासिस भइरहेको तथ्यांकमा उल्लेख गरिएको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!