माघ १९ गते। रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु भएको छ। गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर मृत्यु भएको हो।
गरुडा नगरपालिका जयनगर स्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। उनलाई गरुडामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट वीरगन्जस्थित गण्डक अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरेको इन्स्पेक्टर यादवले जानकारी दिएका छन्। मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।




















Discussion about this post