nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कमला–पथलैया सडक निर्माण सुस्त

गिरिजानन्द साह गिरिजानन्द साह
माघ १८, २०८१, ९:४८ मध्यान्ह
कमला–पथलैया सडक निर्माण सुस्त

माघ १८ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको धनुषाको कमला–ढल्केवर हुँदै बाराको पथलैया सडक आयोजना पूर्वी खण्डको काम सुस्त गतिमा भइरहेको छ । आयोजना अन्तर्गतको कमला– बढहरी–फूलजोर–बागमती ७४.७५ किलोमिटर लम्बाइको पूर्वी खण्ड यही जनवरी १ तारिखदेखि स्तरोन्नतिको चरणमा प्रवेश गरे पनि सुस्त गतिमा काम हुँदा समस्या हुने गरेको छ ।

यस खण्डको भद्रगोल अवस्था र छरपस्ट समस्याका कारण निर्माणले अपेक्षित गति लिन सकेको छैन । विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा पूर्वी खण्डको सन् २०२५ जनवरी १ तारिखदेखि कमला पुल पश्चिम, धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी तीन ठाउँबाट एकै साथ स्तरोन्नति भइरहेको छैन ।

यसका लागि कमला पुलदेखि बडहरीसम्म इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले तथा दोस्रो र तेस्रोमा पर्ने बडहरी– फूलजोर र फूलजोर–बागमती खण्ड चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्स्ट्रक्सन कम्पनी आरसिसी ज्वाइन्ट भेन्चरले ठेक्का सम्झौता गरिसकेको छ । आगामी सन् २०२७ सम्म निर्माण सम्पन्न भइसक्नुपर्ने छ । निर्माणको सुरसारसमेत भएको छैन ।

गौरीडाँडास्थित कमला–ढल्केवर– पथलैया सडक आयोजना (पूर्वी खण्ड) का अनुसार पनि निर्माणअघिको पूर्वतयारीका लागि सडक दायाँबायाँ रहेका रुखदेखि पोलसम्मका अवरोध हटाउन्ुपर्ने भएकाले निर्माण सुरु गर्न नसकिएको हो । अहिले दुई लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नति गर्नुपर्ने भएकाले सडक क्षेत्राधिकारमा अनेक बाधा अड्चन देखा परेको छ ।

पूर्वी खण्डका आयोजना प्रमुख छविलाल पौडेलले धनुषको कमलादेखि पश्चिम सर्लाहीको बागमतीसम्म सडक दायाँबायाँ रहेका आठ हजार ४५२ थान त विभिन्न प्रजातिका रुख नै हटाउनु पर्छ । कटानअघि यी रुखको यकिन संख्या बुझ्न पुनः गणना भइरहेको जानकारी दिए । उनले त्यसपछि संख्या प्रमाणीकरणका लागि डिभिजन वन हुँदै संघ र प्रदेशमा धाउनुपर्नेलगायतका प्रव्रिmया झन्झटिलो भएकाले कहिलेसम्म रुख काटिने हो यकिन नभएको बताए । अर्कोतर्फ विद्युत् पोल विस्थापन अर्को समस्या छ ।

आयोजना र प्राधिकरणले दुई वर्षअघि गरेको गणना अुसार पूर्वी खण्डको कमलादेखि बागमतीसम्म २२२ विद्युत् पोल छन् । पोल विस्थापनका लागि आयोजनाले ३५ करोड रुपियाँको अनुमान पनि गरिसकेको उनले बताए । गणनापछि प्राधिकरणको प्रदेश कार्यालय, निर्देशनालय हुँदै टेन्डर प्रव्रिmयामा अघि बढ्ने छ । ठेक्का लगाउन पनि समय लाग्छ ।

अर्कातर्फ राजमार्गमा सामानान्तर बिच्छाइएको नेपाल टेलिकमका अप्टिकल फाइबरले पनि समस्या थपेको छ । यसलाई स्थानान्तरण गर्न आयोजना र टेलिकमबिच पनि समझदारी (एमओयु) को तयारी भइरहेको पौडेलले बताए । उनका अनुसार समझदारी पत्रमा हस्ताक्षरपछि टेलिकमले बजेट सुनिश्चित गर्नु पर्छ । त्यसपछि सडक ठेकेदारले अप्टिकल फाइबर हटाउने काम गर्छ । यसका साथै सडक क्षेत्राधिकारमा पर्ने दुवै तर्फ २५/२५ मिटर खाली गर्नुपर्ने हँुदा कमलादेखि पथलैयासम्मका ६४ घरधुरीका ६६ वटा संरचना, २०४ वटा छाप्रो टहरा, चार वटा पेट्रोल पम्प छन् । पौडेलले भने, “निजी संरचना भएकाले मुआब्जा रकम सुनिश्चित गरेर मात्र विस्थापित गर्न सकिन्छ । मूल्याङ्कन र क्षतिपूर्तिका लागि भवन कार्यालय जनकपुरसँग सहकार्य भइरहेको छ ।”

यीबाहेक ३५ वटा मठमन्दिर, ५५ वटा बरपिपलको चौतारो, १७ ठाउँमा नेपाली सेना र दुई ठाउँमा प्रहरीको चेक पोस्ट, चार वटा प्रहरी बिट र एउटा प्रतिक्षालय, आठ वटा इनार, ६९ वटा प्रतिक्षालय, तीन वटा सार्वजनिक शौचालय छन् । यसका साथै कन्सलटेन्टको रिपोर्टले ३३ हजार १६० मिटर खानेपानीका पाइपमा बाधा पुग्न सक्ने उल्लेख गरिएको छ । पौडेलले भने, “राजमार्गको अधिकार क्षेत्रभित्र १६ वटा संरचना त नेपाली सेनाकै परेको छ । यी संरचना हटाएर मात्र पुग्दैन उनीहरूले तोकेको स्थानमा सडक ठेकेदारले नै पुनर्निर्माण गरिदिनुपर्ने भएकाले सबैलाई व्यवस्थापन गर्न समय त लाग्छ नै ।”

यी तमाम बाधा अवरोध नहटाएसम्म सडक स्तरोन्नतिको काम अघि बढाउन नसकिने ठेकेदार कम्पनी इकेकेका प्रमुख इन्जिनियर दावा तामाङले बताउनुभयो । उहाँका अनुसार काम गर्ने पत्र पाइएको छ । तथापि ठेकेदार कम्पनी पनि काम सुरु गर्नुअघिको पूर्वतयारीमा जुटेको बताए । तामाङले भने, “आयोजना जस्तै हामी ठेकेदार कम्पनी पनि निर्माण सामग्री व्यवस्थापन, रिपोर्ट तयारी, सर्भे, ड्रोइङ जस्ता पूर्वतयारीसहित काम सुरु गर्ने वातावरणको प्रतिक्षारत्त छौँ ।” स्रोत-जनकपुरटुडे बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि