nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिरा रोक्न मुख्यमन्त्री सिँहको आह्वान

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १६, २०८१, ८:३६ मध्यान्ह
जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिरा रोक्न मुख्यमन्त्री सिँहको आह्वान

पुस १६ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री सिँहले जनकपुरधामको धार्मिक तथा साँस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा अक्षुण्ण राख्न स्वतःस्फुर्त ढंगले मांसमदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरे ।

‘कुनै पनि पीठक्षेत्रका बासिन्दामा उच्च आध्यात्मिक मूल्य र चेतना रहन्छ । जसको अभिव्यक्ति नै तिनको शुद्धता तथा पवित्रतामा आधारित जीवनशैलीबाट हुन्छ । त्यसैले जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार गर्न हुँदैन,’ मुख्यमन्त्री सिँहले मंगलबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग भने । उनले जनकपुरधामको परिक्रमा सडकभित्रका ठाउँ धार्मिक तथा साँस्कृतिक अनुष्ठानको गौरवपूर्ण अतीत तथा वर्तमान उधिनेको बताउँदै त्यस क्षेत्रमा मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँगै अन्य सरोकारवालासँग समन्वय गरिरहेको जानकारी दिए ।

मुख्यमन्त्री सिँहले सनातन परम्परामा अन्तर्निहित आशय, सरकारको निर्णय, अदालतको आदेश र सरोकारवालाहरूको आग्रहका बाबजुद परिक्रमा सडकभित्र मांसमदिरा निषेध नहुँदा धार्मिक समुदायमा नकारात्मक धारणा बन्न लागेको जोखिम औंल्याउँदै जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटन जोगाउन पनि मांसमदिरा निषेधको व्यवहार अपनाउन जनकपुरधामवासीले चासो लिनुपर्ने बताए ।

‘जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले अझै इजाजत दिँदैनन् । तर, इजाजतबिना नै मांसमदिराको किनबेच र उपभोग भइरहेको छ । यो दुर्भाग्यपूर्ण छ,’ मुख्यमन्त्री सिँहले भने, ‘कुनै पनि समाजका परम्परा र कानुनको पालना गर्ने दायित्व अमुक समुदायको हुन्छ । त्यसैले परिक्रमा सडकभित्र मांसमदिरा निषेध कार्यान्वयनमा स्थानीयको अग्रसरता जरुरी छ ।’

जनकपुरधाममा हुने विवाहपञ्चमी महोत्सव, छठलगायत विभिन्न धार्मिक तथा साँस्कृतिक पर्व, मेला आदिका बेला स्थानीय प्रशासनले परिक्रमा सडकभित्र पशुपक्षीको काटमार, मासु तथा मासुजन्य पदार्थको बेचबिखन र उपभोग निषेध गरेको सूचना जारी गर्नेगर्छ । त्यस आधारमा केही दिनका लागि मांसमदिरा निषेधित भए पनि अन्य दिन परिक्रमा सडकभित्र मांसमदिराको बेचबिखन तथा उपभोग भइरहन्छ । परिक्रमा सडकभित्र सदैवका लागि मांसमदिरा निषेध गर्न साधुसन्त, धार्मिक तथा सामाजिक अभियन्ताहरूले समयसमयमा आन्दोलन गरिरहेका छन् ।

केही समयअघि जनकपुरधाम उपमहानगरपालिका कार्यालयले परिक्रमा सडकभित्र मांसमदिराको बेचबिखन नगर्न सूचना जारी गरे पनि स्थानीय व्यवसायीले पूर्ववत् मांसमदिरा बिक्रीवितरण गरिरहेका छन् । उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहको पहलमा भने परिक्रमा सडकभित्र कुखुरालगायत पशुपक्षीको काटमार अहिले रोकिएको छ भने अन्य पशुपक्षीको काटमार परिक्रमा सडक बाहिरै हुने गरेकाले मासुमाछाको बजार जनकपुरधाममा परिक्रमा सडक बाहिर नै छन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

चलचित्र विधेयक सम्बन्धित समितिमा

चलचित्र विधेयक सम्बन्धित समितिमा

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!