लहान/पुस १६ गते। सिराहाको लहानस्थित होटल सम्राट इन प्र.लि.मा साइबर सुरक्षा तथा ए.आई. सम्बन्धि एकदिने कार्यक्रम सम्पन्न भएको छ। गृह सञ्चार तथा कानुन मन्त्रालय तथा आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सिराहा शाखाको समन्वयमा साइबर सुरक्षा तथा ए.आई. सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा साइबर सुरक्षा तथा ( ए.आई.) ( आर्टिफिसियल इन्टिलिजेन्स ) कृत्रिम बुद्धिमता , जिपिटी च्याट् ( सृजनशील पुर्वप्रशिक्षित स्थान्तरण प्रबिधिको प्रयोग महत्त्व विश्वसनीयता , सचेतना , साइबर सुरक्षा तथा साइबर अपराध तथा गतिविधि बारे कानुनी प्रक्रियाबारे कार्यक्रम गरिएको छ।
यो सँगै कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी , विशिष्ट अतिथि प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी , ललितादास विद्रोही ,विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महिला उपाध्यक्ष अम्बिका दाहाल , आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामका अध्यक्ष श्यामसुन्दर यादव , गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेश कार्यालयका प्रवक्ता तथा शाखा अधिकृत दिपेन्द्र यादव , अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता , सभापति मनोज कुमार बनैता , विश्लेषक राजेश विद्रोही रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा सिरहा जिल्लाका विभिन्न मिडियामा आबद्ध करिब ७ दर्जन मिडियाकर्मी तथा संचारकर्मी पत्रकारहरुको उपस्थिति रहेको थियोे । ए.आई. र साइबर सुरक्षाबारे सुरुदेखि अन्तसम्म नेपालका ख्यातिप्राप्त आ.इ.टी प्रशिक्षक जीवन भण्डारी , हिमालय टि.भि.का रिपोर्टर ( पत्रकार ) प्रकाश मैनालीले गर्नु भएको थियोे । आजको कार्यक्रममा मुख्यतया गुगल, विभिन्न किसिमको सफ्टवेयरको प्रयोग , फेसबुक, टिकटक, युटुव, जिपिटी एप, साइबर गतिविधि सम्बन्धि सुरक्षा, विभिन्न एप्लिकेसनले फरकफरक सुचनाहरुको विश्वसनियता बारे जानकारी गराइएको छ। भ्रामकता हुने खालका समाचार सम्प्रेषण , पत्रकार अचारसंघिता, सुरक्षा विश्वसनियता, कायम , फेक आइडी पहिचान इत्यादि बारे जानकारी गराइएको छ।
















Discussion about this post