पुस ३ गते। सामाजिक अभियन्ता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । प्रसाईँले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले खारेज गरिदिएको हो।रिट खारेज भएसँगै प्रसाईँले ऋण लिएका बैंकलाई ऋण असुलीको बाटो खुलेको छ । बैंकले ऋण असुल गर्न ताकेता गरेपछि ऋण नतिर्ने अभियान सञ्चालन गरेका प्रसाईँले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले रिट दाएर गरेका थिए ।प्रसाईँले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक अभिव्यक्ति दिएपछि प्रसाईँ गत मंसिर ४ गतेदेखि प्रहरी हिरासतमा छन् । उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दामा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनीमाथि हाल सङ्गठित अपराध र आपराधिक लाभको कसुरमा छानबिन भइरहेको छ ।















Discussion about this post