nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालबाटै हुनेछ अब टिकटक मनिटाइजेसन, यस्तो छ तयारी

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ३०, २०८१, ८:३६ मध्यान्ह
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

मङ्सिर ३० गते। भिडिओ सेयरिङ प्लेटफर्म टिकटकले नेपालमा मनिटाइजेसन फिचर सुरू गर्ने तयारी थालेको छ । हाल अमेरिका, जर्मनी, युके, फ्रान्स, इटली स्पेन लयायतका देशमा टिकटक मनिटाइजेसन फिचर उपलब्ध भए पनि दक्षिण एसियाका कुनै पनि देशमा यो फिचर उपलब्ध छैन। तर नेपालमा विस्तारै दक्षिण एसियामा टिकटक मनिटाइजेसन फिचर उपलब्ध गराउन, त्यसको सम्भावना र अन्य भित्री विषयमा छलफल भइरहेको दक्षिण एसियामा बाइटडान्सका ग्लोबल कम्युनिकेसन प्रतिनिधि इमाद जफरले पत्रकार सम्मेलन गरेर बताए।

हालका लागि लाइभमा मात्र उक्त सुविधा प्रदान गरिएको छ, भिडिओ नै मनिटाइजेसन गर्ने फिचर दक्षिण एसियामा उपलब्ध गराउन कालान्तरमा कत्तिको सम्भावना छ भनेर छलफल भइरहेको छ, जफरले भने। यस्तै दीर्घकालीन रूपमा प्रयोगकर्तालाई मनिटाइजेसन फिचर उपलब्ध गराएपछि पैसा दिन सक्छौं कि सक्दैनौं लगायतका आयमबारे पनि थप अध्ययन गरेर हेर्न बाँकी भएको उनको भनाइ छ।

मनिटाइजेसनको कुरा नै नभएको भने होइन। विस्तारै यो फिचर नेपालमा पनि आउने सम्भावना छ। तर मिति नै भने तोक्न सकिने अवस्थामा छैनौं, उनले भने। यस्तै टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ब्युटी र बडी फिल्टरमा प्रतिबन्ध लगाउने बताएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जफरले उक्त बालबालिकाहरूको समूहले ब्युटी फिल्टर प्रयोग गर्दा नकारात्मक असर पर्न सक्ने बताए। त्यसैलाई मध्यनजरमा राखेर ब्युटी र बडी फिल्टरमा प्रतिबन्ध गर्नका लागि काम भइरहेको उनको भनाइ छ।

यो उमेरका किशोरकिशोरीले फिल्टरको प्रयोग गर्दा उनीहरू मानसिक असर र स्वास्थ्यबारे जानकार हुँदैनन्। त्यही भएर विस्तारै उनीहरूले यो सुविधा प्रयोग गर्न पाउने छैनन्, उनले भने। उनकाअनुसार बालबच्चा तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर उक्त नीति ल्याउनका लागि गृहकार्य भइरहेको छ।

सरकारले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था पनि गरेको थियो। जसअनुसार २०८० कात्तिक २७ मा बसेको तत्कालीन मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाएको थियो। तर २०८१ भदौ ६ गते बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

त्यसपछि कात्तिक २१ गते टिकटक आधिकारिक रूपमा दर्ता भएको थियो। टिकटकले नेपाल सरकारले राखेको सबै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयमा सहमति जनाएको थियो। सोहीबमोजिम दर्ता प्रक्रिया पूरा भएपछि नेपालमाथि टिकटक प्रतिबन्ध फुकुवा भएको हो।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्नुपर्ने जनाएको थियो। अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे नेपाली कांग्रेस, रास्वपा, राप्रपा लगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए। टिकटकले नेपालको नीति नियममा बसेर सञ्चालन गर्न तयार हुँदाहुँदै पनि प्रतिबन्ध लगाइएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

रसुवा बाढीमा परी ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ताः अष्ट्रेलिया सरकार

रसुवा बाढीमा परी ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ताः अष्ट्रेलिया सरकार

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

रसुवा बाढीमा परी २०० भन्दा बढी बिधार्थीहरू बेपत्ता

रसुवा बाढीमा परी २०० भन्दा बढी बिधार्थीहरू बेपत्ता

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

तापक्रमले नाघ्यो सिमा

इरानको मेहरानको तापक्रम ५० डिग्री हुदाँ, टयुनिसियामा ४९.८ डिग्रि सेल्सियस रेकर्ड

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि