मङ्सिर ११ गते। नेपाली बजारमा आज पनि सुनको भाउमा गिरावट आएको छ।
हिजो झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि २६ सयले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २६ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो। आज चाँदीको भाउ १८ सय २० मा कारोबार भइरहेको छ।
सरकारले सुनमा लाग्ने भन्सार आधा घटाएपछि मूल्य ओरालो लागेको हो।















Discussion about this post