nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कलकतियावालीको गाउँमा मुख्यमन्त्री सिँह

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक ४, २०८१, ७:३७ मध्यान्ह
कलकतियावालीको गाउँमा मुख्यमन्त्री सिँह

कार्तिक ४ गते। जनकपुरधाम उपमहानगरपालिकाको एउटा कुनोमा सिङ्गो मधेश छ । फरकफरक जातीय, भाषिक र रहनसहनमा जन्मेहुर्केकाहरूको सिर्जनासँग बाँच्ने थलो । चारैतिरबाट खेतआली र पोखरीले घेरिएको यो ठाउँमा सोह्रसत्रजना कलाकारहरू सुत्नेबस्ने र काम गर्ने गर्छन् । झट्ट हेर्दा मधेशको एउटा गाउँको जीवन प्रतिबिम्बन गर्ने यस ठाउँमा भित्तामा लोककला छापिएका र खपडाले छाएका घर, दाम्लोमा बाँधिएर घाँस चपाइरहेका बाछो अनि धानतरकारी उब्जनी गर्न प्रयोग हुने अस्त्रऔजार छन् । छेउमै छ प्लास्टर नभएका इँटामा उभिएको टहरा ।

जनकपुरधाम– रामपुरस्थित यस गाउँमा बस्नेहरूले यस ठाउँको नाउँ जुराएका छन् नोचापुर । छेउमै पर्यटकीय स्थल नोचा पोखरी रहेकाले गाउँको नाउँ नोचापुर जुराइएको हो । नोचापुर अभिनय, गायन, नृत्य, वाद्यवाद्यन, छायाङ्कन र सम्पादन गर्ने कलाकारको सिर्जन र समर्पणस्थल बन्न पुगेको छ । हास्यव्यंग्यको भाकामा समाजमा सकारात्मक सन्देश प्रवाहित हुने सानासाना श्रव्यदृश्य उत्पादन गर्ने र युट्युबबाट प्रसारण गर्ने कलाकारहरूको यो टोलीको औपचारिक नाउँ लभ यु मैथिली हो । तर, यो ठाउँ कलकतियावालीको गाउँको रूपमा चिनिने गरिएको छ । कलकतियाबाली यहाँबाट उत्पादन हुने श्रव्यदृश्यका मूलपात्र हुन् । कलकतियावाली अर्थात् तेस्रोलिङ्गीको भूमिकामा अभिनाश झा देखिने गर्छन् । यो पात्रसँगै नोचापुरका अन्य पात्र नेपाल र भारतका ठूलो भूभागमा चर्चित र लोकप्रिय छन् । मासिक डेढ सयवटा विषयमा भिडियो बनाउने यो टोलीका उत्पादनलाई पाँचदेखि छ लाखसम्म दर्शकले नियमित हेर्ने गर्छन् । यो टोलीको कमाइ पनि युट्युबबाट प्राप्त हुने रकम नै हो । केही बिघा जग्गा लिजमा लिएर बनाइएको यो सुटिङ्ग स्थल अर्थात् फिल्मी गाउँमा आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह मन्त्री तथा सरकारी अधिकारीहरूसँग पुगे । उनले बडो रुचिपूर्वक नोचापुरका घरखेत अवलोकन गरे अनि यहाँका कलाकारहरूसँग तिनका सङ्घर्ष, सिर्जना र सफलताका कथा सुने ।

कथानक र गीति भिडियो तयार गर्न चाहिने सबैखाले सीप, इलम र प्रतिभा एकै ठाउँमा भेटिने यो थलोमा बस्नेहरूले सुटिङ स्थल वरपर रहेको खेतमा आफ्नो खान्कीका लागि अन्नतरकारी आफैँ उब्जाउँछन् । माछा र कुखुरापालन गर्छन् । अबेर रातिसम्म कृत्रिम उज्यालोमा सुटिङ्ग गर्ने काम त सधैँभरिको हो । कलाकारहरूले आफ्ना रचनाप्रक्रियाका बारेमा कुरा गरिरहँदा मुख्यमन्त्री सिँहले मनोयोगले सुने । कलाकारहरूसँग केही प्रश्न गरे । अनि मधेशका भाषासँस्कृति, लोककला र साहित्यलाई उँभो लगाउन सरकारको तहबाट गर्न सकिने प्रयासका बारेमा केही जिज्ञासा राखे र केही सुनाए । उनले कलाकारहरूलाई आफ्नो सिर्जनामार्फत लागुऔषधको दुव्र्यसन र ओसारपसार रोक्न, खेती प्रणालीमा सुधार गर्न, स्थानीय पर्यटन विकासका लागि विभिन्न धार्मिक तथा साँस्कृतिक धरोहर चिनाउन, समाजमा विद्यमान अन्धविश्वास र कुरीतिविरुद्ध सन्देशमूलक भिडियो बनाउन सुझाए । उनले भने, ‘यसका लागि प्रदेश सरकार तपाईँहरूसँग सहकार्य गर्न सक्छ ।’

मुख्यमन्त्री सिँह र शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मासँगको भेटमा कलाकारहरूले आफूहरूलाई खेतीपातीका लागि सहज बनाउन कृषि उपकरण उपलब्ध गराइदिन तथा सिँचाइ व्यवस्थापन गरिदिन आग्रह गरेका थिए । यसका साथै उनीहरूले सुटिङ्ग स्थलमा केही संरचना निर्माणमा सहयोग भए थप उन्नत तथा गुणस्तरीय भिडियो उत्पादन गर्न सकिने पनि सुनाए । त्यसको प्रत्युत्तरमा मुख्यमन्त्री सिँहले सँगै रहेका प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरण पाण्डे र गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलाई त्यससम्बन्धमा गर्न सकिने सहयोगका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिए । मुख्यमन्त्री सिँहको भ्रमणबाट नोचापुरका कलाकारहरू निकै उत्साहित भएका छन् । टोलीका निर्देशक अरुण विजयले आफूहरूका कामकाजका बारेमा प्रदेश सरकारको उच्चतहबाट चासो लिनु गौरवपूर्ण भएको र यसबाट कलाकारहरू उत्साहित भएको बताए । उनले भने, ‘सरकारले कलाकारलाई माया गर्दोरहेछ भन्ने पहिलोपटक अनुभूति भयो ।’

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!