nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा कात्तिक १० गते भूमि लोक उत्सवको दोस्रो संस्करण हुने

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक ४, २०८१, ७:२९ मध्यान्ह
जनकपुरधाममा कात्तिक १० गते भूमि लोक उत्सवको दोस्रो संस्करण हुने

कार्तिक ४ गते। साङ्गीतिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण आयोजना हुन लागेको छ । यही कार्तिक १० गते शनिबार भूमि फाउन्डेसनले भूमि लोक उत्सवको आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी भूमि फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले भूमि लोक उत्सवको दोस्रो संस्करण जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गर्न लागिएको जानकारी दिए ।

आधुनिकतासँगै मिथिला क्षेत्रका लोक गीत, परम्परा, रीतिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकोले त्यसको संरक्षण प्रवर्द्धनमा महोत्सवको विशेष योगदान हुने उनले बताए । भूमि लोक उत्सवमा ख्यातिप्राप्त सङ्गीत साधकहरू सहभागी हुने बताउँदै उनले उत्सव अवधिभर मधेश र मिथिला क्षेत्रको झल्को दिने गरी लोक झाँकी, लोक नाच प्रदर्शन गरिने कार्यक्रम रहेको जानकारी दिए ।

गौरवमय इतिहास बोकेको मधेश तथा मिथिला क्षेत्रको साङ्गीतिक एवं सांस्कृतिक विरासतलाई वृहत् मञ्चमा उजागर गर्दै, आञ्चलिक, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको भूमि लोक उत्सवको दोस्रो संस्करण यही कार्तिक १० गते शनिबार आयोजना गर्न लागिएको जानकारी दिँदै झाले राष्ट्रिय मूलधारबाट बहिष्करणमा परेका मधेश र मिथिला क्षेत्रका समृद्ध कला तथा सांस्कृतिक अभिव्यक्तिको संरक्षण र पुनरुत्थानमा सहयोग गर्ने उत्सवको मुख्य लक्ष्य रहेको बताए ।भूमि लोक उत्सवको दोस्रो संस्करणमा छनोट गरिएका प्रस्तुतिमा नेपाल र सीमाञ्चलका सुन्दर भौगोलिक तथा सामुदायिक विविधता झल्कने झाको दाबी छ ।

पूर्वी पहाडका लिम्बू समुदायको सङ्गीत एवं मुन्धुम संस्कृतिलाई आफ्नो कुशल गायनमार्फत् संसारमा फैलाउन सफल प्रख्यात गायिका एवम् शोधकर्ता झुमा लिम्बूदेखि भारत गौरव सम्मानबाट सम्मानित वरिष्ठ मैथिली लोक गायिका डा. रञ्जना झा र चार दशकदेखि नेपाल र भारतको नाट्य एवं कला क्षेत्रमा सक्रिय नाट्यसमूह मिथिला नाट्यकला परिषद् (मिनाप) देखि समसामयिक नेपाली आधुनिक सङ्गीतमा अत्यन्त सफल गायक तथा लेखक सुशान्त घिमिरेसम्मले उत्सवलाई जीवन्त र स्मरणीय बनाउने उनले बताए ।

अध्यक्ष झाले मधेश र मिथिला क्षेत्रको सङ्गीत र कलाको संरक्षण एवम् पुनरुत्थान अहिलेको ठूलो आवश्यकता रहेको बताउँदै भूमि लोक उत्सवले मधेशको सांस्कृतिक पुनर्जागरणमा महत्त्वपूर्ण सहजीकरण गर्ने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार स्थानीय कलाकारसँग जनकपुरधाममा प्रत्येक वर्ष एउटै मञ्चमा प्रस्तुत हुँदा यस क्षेत्रका युवा पुस्ता आफ्नो मौलिक कलाप्रति उत्साहित हुनेछन् ।’

उत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने विभिन्न नाचगान र सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न स्टल समेत राखिने आयोजकले जनाएको छ । उत्सवमा फोटो सर्कलसँगको सहकार्यमा “सार्वजनिक जीवनमा महिला” नामक फोटो प्रदर्शनीसमेत सामेल हुने बताइएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा कार्तिक १० गते शनिबार दिउँसो १ बजेदेखि उत्सवको औपचारिक प्रस्तुति सुरु हुने उनले बताए । उत्सवमा विभिन्न १२ वटा समूहका गरी कूल ५० जनाभन्दा बढी कलाकारहरूको सहभागिता रहनेछ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि