nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नवरात्रको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज १९, २०८१, १०:३३ बिहान
नवरात्रको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

असोज १९ गते। बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिन्छ ।

दुःख-कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामीमाथि सधैंभरि रहन्छ भन्ने कुरा बताइएको छ । शारदीय नवरात्रको तेस्रो दिन आश्विन शुक्ल तृतीया हो। यस दिन दुर्गा भवानीका नौ रूपमध्ये चन्द्रघण्टाको पूजा आराधना गरिन्छ। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको बताइछ। चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

चन्द्र र घण्टा शब्द मिलेर चन्द्रघण्टा शब्द बनेको छ। शिरमा अर्धचन्द्र आकारको घण्टा धारण गरेकी हुनाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो। चन्द्रघण्टा सुनौलो र चम्किलो वर्णकी, दश हात भएकी, सेता पुष्पको माला पहिरेकी, हातमा खड्ग, गदा, त्रिशूल, धनुर्बाण आदि शस्त्रअस्त्र लिएकी, सिंहमा सवार हुने देवी हुन्। यिनको हाउभाउ क्रुद्ध र युद्धका लागि तम्तयार भएको जस्तो देखिन्छ।

घण्टा देवीको प्रिय वाद्य हो। त्यसैले देवीको पूजामा घण्टाको विशेष महत्त्व छ। घण्टाबाट मधुर र मन एकाग्र गर्ने ध्वनि निस्कन्छ। त्यसैले चन्द्रघण्टालाई स्वरकी स्वामिनी पनि मानिएको छ। यिनले सेवकका लागि घण्टाको मधुर ध्वनि प्रदान गर्छिन् भने आसुरी स्वभावका दुष्टहरूका लागि प्रचण्ड ध्वनि प्रदान गर्छिन्। युद्धमा यिनको उग्र अट्टहास र हृदयभेदी शङ्ख–घण्टाको ध्वनिले दैत्य–दानवहरू मूच्र्छित भएका प्रसङ्ग पुराणहरूमा वर्णित छन्। सेवकका लागि भने यिनी सुमधुर स्वर, संगीत र कलाकी स्रोत हुन्। स्वरसाधक, संगीतकर्मी र कलाकारले यिनको उपासना गर्नाले आफ्नो अभीष्ट प्राप्त गर्छन्। दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लाग्छ ।

Tags: नवरात्री विशेष

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

रियादस्थित विमानस्थल आक्रमणमा एक भारतीय नागरिकको मृत्यु

रियादस्थित विमानस्थल आक्रमणमा एक भारतीय नागरिकको मृत्यु

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि