विष्णुदेव सरदर/सिराहा/असोज १० गते। जग्गा धनीले आफ्नो धनसम्पत्ति जग्गा पुँजी संरक्षण गर्नु कुनै अनौठो आश्चर्य होइनन् । तर, कसैले समाजलाई आँच आउने गरि उत्त-श्रृङखलाबद्ध क्रियाकलाप गरेको खण्डमा समाजलाई लज्जित हुने गरि काम पनि हुदैन ।
तर, विडम्बना विश्ववास नलाग्न सक्छ – नरहेका एक जना युवकले – सडक नै घेराउ गरिएको अवस्था छ। यस्तो अवस्था समाजलाई कहिल्यै स्वीकार्य हुन् सक्दैनन् ।
प्रसंग हो- सिराहाको नरहा गाउँपालिका वडा नम्बर – १ स्थित गैराहाकाे दलित बस्तीमा नाकाबन्दी गरिएको छ । लगभग ४५/५० घरधुरी मुसहर बस्ती रहेका मुल सडक नरहा गाउँपालिका वडा नम्बर – २ का रामचलितर यादवकाे छाेरा महेश यादवले सडक बन्द गर्दै मुसहर समुदाय माथिको १० दिन देखि आवतजावत नहुने गरि नाकाबन्दी गरिएको छ । उनलेे तारको काँटाले आवतजावत अवरुद्घ हुने तार काँटले बेरिएको अवस्था छ।
मुसहर समुदायका अगुवा (माईजन) जाेगि सदाका भन्नू हुन्छ ” हामी पुस्तैदेखि बसोबास गरि रहेका छाै ” तर , भदैयाकाे खेतमा धान बालीमा काम नगरेको निहुँमा आवतजावत रोक लगाइएको हो ।
उनका अनुसार – समय समयमा धाक धम्की दिने गरेको बताइएको छ । हाम्रो नेपाली समाजमा र नेपालको संविधान लेखिएको छ हरेक व्यक्तिले स्वतन्त्रपुर्वक बाँच्न, हिड्न, आधारभूत आवश्यकताहरु पूरा गर्ने अधिकारको सुनिश्चितता गरिएको छ। तथापि, निहुँमा कसैलाई धाक धम्की डर त्रास दिनु भनेको यस्तो पक्ष समाजलाई अस्वीकार्य हुन् सक्छ ।
यता, सिराहाका दलित नेता – अधिकारकर्मी संजय महाराका अनुसार नेपालमा पनि दलित समुदाय स्वतन्त्रपूर्वक हिडडुल गर्न र स्वतन्त्र पूर्वक मजदुरि र ज्यालादारी गर्न नपाउने स्थिति रहेको टिप्पणी गरे । दलित समुदाय माथि हुने अन्याय, अत्याचार, दमन ,शाेषण तथा उत्पिडन दिनहुँ भई रहदा समेत सरोकारवाला बेखबर भएको अवस्था छ । दलित अधिकारकर्मी महराले नाकाबन्दी लगाएका व्यक्तिलाई कानुनी कठघरामा उभ्याउन सिराहा प्रहरी, प्रशासनसँग सम्बन्धित सरोकारवालाहरुसँग माँग गरेका छन् ।

















Discussion about this post