गिरिजानन्द साह/असोज १० गते । आज जनकपुरधाम विमानस्थलमा करिब १६० पर्यटकहरुलाइ गम्छा, रुद्राक्ष माला र अबिर लगाइ स्वागत सम्मान भव्यता साथ सम्पन्न भएको छ । “४५ औं विश्व पर्यटन दिवस २०२४” को अवसरमा ७ दिने सप्ताहव्यापी कार्यक्रमको आज छैठौ दिन हवाईमार्ग बाट आएका पर्यटहरुको स्वागत तथा सम्मान गरिएको हो।
आजको कार्यक्रमबाट पर्यटन प्रवर्धनको निम्ति सकारात्मक संदेश गएको न्यु भिजन नेपालका संयोजक अम्भु प्रसाद साहले बताए। अतिथि देवो भव को भावना राखी जनकपुरधाममा आउने पर्यटक संग सुमधुर र अपनत्वको भावना राखी व्यवहार गर्नको लागी जनकपुरधामका सम्पूर्ण नगर समाज र नागरिक संग साहले आग्रह गरेका छन। साथै जनकपुरधामको सुन्दरता र सफाई बढाउनको निम्ति स्थानिय सरकार प्रदेश सरकार र स्थानिय नागरिक लागिपरेकोले सबैजनाले सहयोलाई यस कार्यमा सहायोग गरेर धेरै भन्दा धेरै पर्यटन बढाउने कार्यमा पनि सहायोग गर्नको लागी संयोजक अम्भु प्रसाद साहले आग्रह गरेका छन।
आजको कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका,पर्यटन विकास कार्यालय जनकपुरधाम,न्यु भिजन नेपाल,सोट्टो नेपाल र जनकपुरधाम टुर गाईड एसोसियन मधेस प्रदेशको सहकार्य गरिएको थियो। पर्यटकहरूको आगमनले स्थानीय पर्यटन व्यवसायलाई टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्वका कारण यहाँको पर्यटनमा वृद्धि भइरहेको छ। यस किसिमका स्वागत समारोहले नेपालका पर्यटन उद्योगलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन धार्मिक पदयात्रा, ५२ कुट्टी ७२ कुण्ड अवलोकन दर्शन,दोस्रो दिन सरसफाइ तथा वृक्षारोपण, तेस्रो दिन पर्यटन प्रबद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम, चौथो दिन अतिथि सत्कार सम्बन्धि जनचेतना कार्यक्रम,पाचौ दिन स्थलमार्ग बाट आउने पर्यटकहरू लाई गम्छा माला लगाइ स्वागत सम्मान यस अघि नै गरि सकिएको र आज छैठौ दिन हवाई मार्गबाट आउने पर्यटकहरू लाई स्वागत सम्मान कार्यक्रम भव्यता साथ गरेका छन् भने भोलि अन्तिम दिन वृहत् कला संस्कृति झल्किने प्रभातफेरि कार्यक्रमको आयोजना गरिने संयोजक साहले बताए ।





















Discussion about this post