असोज ६ गते। धनुषा जिल्लामा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा १२% ले कमी आएको तथ्याङ्कले देखाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख इन्स्पेक्टर हरिबहादुर वलीले जानकारी दिए ।
धनुषा जिल्लामा चालु आर्थिक वर्षको २ महिनामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन महिनामा १ जना र भदौ महिनामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरी धनुषाको तथ्यांकमा उल्लेख छ ।
धनुषा ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा धनुषा जिल्लाभरीमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी मिथिला नगरपालिकामा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि जनकपुरधाम उपमहानगरपालिकामा ११ जना, धनुषाधाम नगरपालिकामा ११ जना, लक्ष्मिनिया गाउँपालिकामा ६ जना, सबैला नगरपालिकामा ५ जना, विदेह नगरपालिकामा ५ जना, क्षिरेश्वरनाथ नगरपालिकामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो ।धनुषा जिल्लाभरीमा यसअघि आर्थिक वर्ष २०७९/०८० मा ८४ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख इन्स्पेक्टर हरिबहादुर वलीले जानकारी दिए ।
यस हिसाबले धनुषा जिल्लामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दिनदिनै घटिरहेको ओलीले बताए । पछिल्लो समय हामीले जनचेतनाका कार्यक्रम बढाएका छौँ, इन्स्पेक्टर ओलीले भने : जनचेतनाका कार्यक्रमहरु प्रभावकारी साबित भएको छ, यो हाम्रो लागि सुखद संकेत हो ।














Discussion about this post