जनकपुरधाम। भोलि भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार अम्भु प्रसाद साह बलियो देखिदै व्यापारी वर्गहरुमा अहिले चर्चामा रहेका छन् ।
अम्भु प्रसाद साह जनकपुरधामको पर्यटन प्रवर्द्धनको लागि विगत भन्दा पनि बढी सक्रिय रुपमा लागेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउने आन्तरिक पर्यटन विकास र पर्यटकीय पूर्वाधार मजबुतीकरणलाई प्राथमिकता दिने बताएका छन्। त्यस्तै जनकपुरधाम भगवान श्री राम र सीता माताको स्वयम्बर भएको इतिहास रहेको कारणले जनकपुरधामलाई वैवाहिक र वैवाहिक स्वयम्बर गन्तव्यको रुपमा स्थापित गर्न प्राथमिकता दिने र जनकपुरधाममा रहेको चर्को सटर भाडा समस्या समाधानका लागि बाहिरी रिङ्गरोड बिस्तार गर्न लागाई बजार विस्तार गर्ने योजना पनि रहेको बताए। साथै कृषि क्षेत्रको विस्तारको लागि कृषि बजार व्यवस्थापन लगायतको कार्यलाई पनि प्राथमिकतामा राखेको बताए। उनले व्यापारीहरूको समस्याहरू समाधान गर्न हरपल तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै आएको छ।
जनकपुरका उद्योगी ब्यापारीहरु संग वरिष्ठ उपाध्यक्ष पदमा अम्भु प्रसाद साह को बारेमा प्रतिक्रिया लिदा व्यापारीहरु अम्भु प्रसाद साहको बारेमा साकारात्मक रहेको बताएका छन्। व्यावसायीहरुको समस्या बुझ्न र त्यसलाई समाधान गर्न हर बखत पहल गर्ने गरेको र गर्दै आउनु भएको वहाँ निकटतम युवा व्यवसायी बताए। साथै जनकपुरधामको ब्यापार व्यवसाय राम्रो फास्टउनको लागि प्रभाव पार्ने खुला सिमानाकामा कडाइ गर्नको लागि पहिला देखि नै पहल गर्दै आईरहेको बताए।
यता अम्भु प्रसाद साहका समर्थकहरू उनलाई एक साहसी, उद्यमशील र निर्णयक क्षमता भएका नेता मानिरहेका छन्, जसले संघमा नयाँ सोच र दिशा ल्याउन सक्दछन्। व्यवसायी, व्यापारीहरुको लागि आर्थिक समृद्धिको आधार खोजेर सोही अनुरुप काम गर्ने प्रतिवद्धता जाहेर गर्दै व्यवसायीहरुसँग आफूलाई मतदान गर्न साहले आग्रह गरे। यही भदौ २९ गते (भोलि) जनकपुरधाममा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागी निर्वाचन हुँदैछ ।














Discussion about this post