जनकपुरधाम/भदौ २७ गते। क्रिकेट खेलको लोकप्रियता र प्रतिष्ठासँगै यसको बृहत् व्यावसायिकतालाई दृष्टिगत गरी मधेश प्रिमियर लिग (एपिएल) आरम्भ हुने भएको छ । मधेश प्रदेशमा एमपिएलको आयोजना गर्ने विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह र नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दबीच छलफल भएको छ । जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर दिपककुमार साह र क्यानका उपाध्यक्ष रोशन सिँहसमेतको सहभागितामा भएको मुख्यमन्त्री सिँह र क्यान अध्यक्ष चन्दबीचको यथाशीघ्र एमपिएलको आयोजना गरिने सहमति भएको छ ।
बैठकमा लिगको स्वरूप र वित्तीय रूपरेखाका बारेमा समेत चर्चा भएको छ । एमपिएलमा पाँचवटा टिमले खेल्ने र प्रत्येक टिममा दुईजनासम्म ए लेभलका खेलाडीको सहभागिता रहने तथा ती हरेक टिममा सातजना खेलाडी मधेश प्रदेशकै रहने तय गरिएको छ । एमपिएलका लागि अन्य प्रिमियर लिगजस्तै खेलाडीको चयन बोल बढाबढ प्रतिस्पर्धाका माध्यमबाट हुनेछ । मुख्यमन्त्री सिँहले एमपिएलबाट क्रिकेट खेलको गुणवत्ता, मनोरञ्जनको स्तर र आर्थिक योगदानमा बढोत्तरी हुने बताए । उनले लिगबाट खेलाडीको आर्थिक सुरक्षा, पर्यटन र आतिथ्यमा गुणात्मक वृद्धि र प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरका छन् ।
उनले एमपिएलबारे आधारभूत कुराको निक्र्योल भइसकेकाले छिटोभन्दा छिटो यसको आयोजन हुने जानकारी दिए ।














Discussion about this post