सिरहा/भदौ २३ गते । सिरहामा तिव्र गतिमा रहेका माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवक मृत्यु भएको हाे ।
सिराहा, औरही गाउँपालिका-४ स्थित सडकमा बरियारपट्टीबाट सिराहातर्फ आउँदै गरेको बिआर ३२ एम २०१५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहा नगरपालिका-१८ बस्ने १७ वर्षीय मनिष कुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ ।














Discussion about this post