nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मोडेल कलेजका सँस्थापक साहको जीवनी ‘खुसी बीरेन्द्रक यात्रा कथा’ मैथिली पुस्तकको आवरण सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०८१, १२:५९ मध्यान्ह
मोडेल कलेजका सँस्थापक साहको जीवनी ‘खुसी बीरेन्द्रक यात्रा कथा’ मैथिली पुस्तकको आवरण सार्वजनिक

श्रावण २७ गते। संचारकर्मी सुजीत कुमार झाद्वारा लिखित मैथिली पुस्तक खुशीको आवरण सार्वजनिकीकरण एक कार्यक्रमका बिच सम्पन्न भएको छ । ‘खुशी वीरेन्द्रक यात्रा कथा’ पुस्तकको आवरण सार्वजनिक गर्दैै कार्यक्रम सम्पन्न भएको छ । सो पुस्तकको आवरण कार्यक्रमका प्रमुख अतिथि राम मन्दिरका महन्थ राम गिरीले सार्वजनिक गरेका हुन् ।संचारकर्मी झाद्वारा लिखित यो पुस्तकको प्रकाशन मोडेल मल्टिपल कलेज जनकपुरधामले गरेको छ ।

पुस्तकको आवरण सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि राम मन्दिरका महन्थ राम गिरिले समाजका हरेक तह तप्काका व्यक्ति सदैव खुशी रहुन कामना गरे । पुस्तकमा मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्र साहलाई केन्द्र बनाएर उनको संघर्षका साथै सफलताको कथालाई समेटिएको छ । आफूलाई केन्द्र बनाएर पुस्तक लेखिएकोमा कलेजका संस्थापक साहले खुशी व्यक्त गरे । उनले आफू जनकपुरधाममा शिक्षाको क्रान्ति ल्याउने अभियानमा लागेको र सो अभियानमा संचारकर्मी झाद्वारा लिखित यो पुस्तक सहायक साबित हुने विश्वास व्यक्त गरे । साथै यो पुस्तकले आफ्नो यो अभियानमा थप उर्जा प्रदान गरेको बताए ।

मोडेलखबरका सल्लाहकार एवं प्राध्यापक डा. सुरेन्द्र लाभले पुस्तकको लेखक झालाई कलमवीर तथा पुस्तकको केन्द्रबिन्दु साहलाई कर्मवीरको संज्ञा दिए । उनले दुवै व्यक्तित्व आ–आफ्नो क्षेत्रमा अविराम भएर लागेकोमा प्रशंसा व्यक्त गरे । पुस्तकका लेखक झा निरन्तर आफ्नो पुस्तक प्रकाशन तर्फ केन्द्रित रहेको र पुस्तकका केन्द्र बिन्दु साह शिक्षा अभियानमा निरन्तर लागेको र निरन्तर संघर्षरत रहेकाले एकलाई कलमवीर तथा अर्कालाई कर्मवीरको संज्ञा दिएको बताए ।

बरिष्ठ साहित्यकार रोशन जनकपुरीले खुशी प्राप्त गर्ने सबैभन्दा ठूलो माध्यम नै संघर्ष रहेको बताए । पुस्तकमा वीरेन्द्र साहको संघर्षको यात्राका साथै उनको खुशीका कारणका विषयमा लेखिएको होला, उनले भने ‘उनले गरेको अथक संघर्षकै कारण अहिले आएर एउटा सफल शिक्षा व्यवसायी बन्न सफल भएका छन्, उनले संघर्षको माध्यमले खुशी प्राप्त गरेका हुन् ।’

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले कार्यक्रममा मोडेल कलेजका संस्थापक साहको संघर्षका दिनहरुलाई स्मरण गरे । उनी सामान्य संघर्ष गर्ने युवाबाट आज सफल शिक्षा व्यवसायीको रुपमा आफूलाई स्थापित गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले पुस्तकका मुख्यपात्र साहको संघर्ष यात्राको साक्षी पात्र आफू पनि रहेको बताए । शिक्षाले लाखौँ व्यक्तिमा खुशी ल्याउने काम गरेकाले उनको यो अभियानमा सबै पक्षको सहयोग र साथ हुनु आवश्यक रहेको बताए ।

पुस्तकका लेखक झाले खुशी पुस्तकमा मोडेल कलेजका संस्थापक वीरेन्द्र साहको संघर्ष, जीवन तथा अनुभवलाई पृष्ठभूमि बनाएर तयार पारिएको बताए । पुस्तक एक सातापछि अनावरण गरिने उनले जानकारी दिए ।

कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, रामयुवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरी, अभियानी सुरेश शर्मा, साहित्यकार मनोज प्रमेश लगायतका व्यक्तित्वहरुले आ–आफ्नो धारणा राखेका थिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि