असार २ गते। धनुषामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
धनुषाको सबैला नगरपालिका-१० सिमडारीस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने बास लाल भन्ने जितेन्द्र मुखियाको छोरा २ वर्षीय कुश कुमार मुखियाको मृत्यु भएको हो। नुहाउने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सिरहाको अर्नामा गाउँपालिका-३ हर्कट्टास्थित पोखरीमा डुबेर धनगढिमाई नगरपालिका-१० घर भएकी निलम कुमारी महतोको छोरा २ वर्षीय रिमान्स महतोको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको उपचारको लागि लाइफ लङ्ग अस्पताल गोलबजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post